खेलकुुद

१० औं कास्की जिल्ला स्तरिय राष्ट्रपती कप जारी

Spread the love

पोखरा, २३ बैशाख ।
पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आइतबार पनि जारी रह्यो । आइतबार सम्पन्न एथलेटिक्स अन्तर्गत छात्रा तर्फको हाइ जम्पमा कास्की मोर्डनाइज्डकी इशा गुरुङ प्रथम भइन । उनले १ मिटर १८ सेमी जम्प गरेकी थिइन । सोही विद्यालयकी शगुन गुरुङ दोश्रो भइन भने बेथानीकी रोशनी भुजेल तेश्रो भइन । त्यसै गरि छात्र हाइ जम्पमा चिल्डे«न एकेडेमीका सुदिप जोशी १ मिटर ६३ सेमी जम्प गर्दै प्रथम भए । त्रिवेणीका शचिन गुरुङ १ मिटर ६० सेमी र बेशलाइनका दिपेन माश्के १ मि ५० सेमी जम्प गर्दै क्रमश दोश्रो र तेश्रो भए ।
यसै गरि ४ सय मिटरको छात्र रिले दौडमा त्रिवेणी माबी प्रथम भयो भने कास्की मोर्डनाइज्ड र फिस्टेल एकेडेमी क्रमश दोश्रो र तेश्रो भए । सोही दौडको छात्रा तर्फ भने गोरी शंकर मावी प्रथम, कास्की मोर्डनाइज्ड दोश्रो र फिसटेल एकेडेमी तेश्रो भए ।
कास्की जिल्ला तेक्वान्दो संघले आयोजना गरेको सिनियर तथा जुनियर रनिङ शिल्डमा ५१ केजी तौल समुहमा यशोदा तेक्वान्दो डोजाङका डेनिश कार्की प्रथम भए भने फिसटेल डोजाङ स्कुलका राजन शिलवाल दोश्रो र अमरसिंहका नविन चालिसे तथा शुक्रराज वलभद्रका भिम श्रेष्ठ तेश्रो भए । ६३ केजी तौल समुहमा माउन्टेन डोजाङका प्रकाश गुरुङ प्रथम, सगरमाथाका शुमन थापा दोश्रो र पोखरा डोजाङका झलक बहादुर गुरुङ तथा शुक्रराज बलभद्रका शकिन लामगादे तेश्रो भए ।

Related Articles

Back to top button