समाचारस्वास्थ्य

देशभर १६ हजार ३०९ को ‘पीसीआर’ परीक्षण, १४३ जना ‘आइसोलेसन’मा

Spread the love

काठमाडौं, वैशाख २७ । सरकारले कोरोना संक्रमण फैलिएका जिल्लाहरुमा पाँच हजार ३२० जनाको ‘पीसीआर’ परीक्षण गर्न सेना परिचालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुर, बारा, पर्सा, रौतहट र प्रदेश नम्बर–५ का केही जिल्लामा पीसीआर परीक्षणका लागि सैनिक टोली खटाइएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको सहयोगमा तीन दिनभित्र नमुना संकलन गरिसक्ने उनले जानकारी दिए ।

यस्तै, हाल देशभर १६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ भने ५५ हजार ९३० जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

देशभर १४३ जना ‘आइसोलेसन’कक्षमा रहेको जानकारी दिँदै उनले १४ हजार ५९२ जना ‘क्वारेन्टाइन’मा रहेको बताए ।

कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एक महिला संक्रमित निको भइ ‘डिस्चार्ज’ भएको र योसँगै ३१ जना पूर्णरुपमा निको भइ घर गएको उनले जानकारी दिए ।

हाल ७८ जना संक्रमितको भने देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

Related Articles

Close