खेलकुुद

चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने

Spread the love

काठमाण्डौ, २४ बैशाख
चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्रको एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्। सोमवार भएको सेमिफाइनलमा जित हात पार्दै यी दुईले उपाधि भिडन्त पक्का गरेका हुन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३(१ को सेटमा हरायो। एपीएफले २५(१८, २१(२५, २५(१०, २५(२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो। यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल टिमलाई सोझो सेटमा हरायो। सुरुको दुई सेट पुलिसले २५(१९, २५(१५ ले सहजै जितेमको थियो। तेस्रो सेटमा पश्चिमाञ्चलले टक्कर दिएपनि पुलिसले २५(२३ ले जित्दै ३(० ले खेल जितेको हो। फाइनल खेल मंगलबार हुनेछ।

Related Articles

Back to top button