अर्थ खबरमनोरञ्जनसमाचार

बेगनासतालमा आज देखि पाँचौ संस्कणको माछा महोत्सव सुरु

Spread the love

बेगनासतालमा आज देखि पाँचौ संस्कणको माछा महोत्सव सुरु
लेखनाथ, १३ जेठ ।
कास्कीको बेगनासताल यस वरपरका तालमा पर्यटन प्रवर्दन गर्न उद्देश्यले जेष्ठ १३ सोमबार देखि २० गतेसम्म आयोजना गरिएको पाचौं स्करणको बेगनासताल माछा महोत्सव आज सोमवार देखि सुरु हुदै छ । होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समितिको यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने उद्देश्यले माछा महोत्सव गर्न लागेको हो ।
महोत्सवमा माछा तथा स्थानीय कृषि उत्पादनबाट बनेका बिभिन्न परिकारहरु राखिने ,मोटरबोटमा ताल शयर तथा बराह मन्दिर दर्शन, माछा तथा मह प्रदर्शनी, जडिबुटी प्रदर्शन तथा विक्रि, पप कन्सर्ट, हास्य व्यंग्य तथा दोहोरी गित प्रतियोगिता, भेषभुषा तथा झाँकी प्रदर्शनी, खुल्ला पौडी प्रतियोगिता, माछाका भूरा छोड्ने कार्यक्रम रहेको आयोजक सस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन् । विगतका चारवटा महोत्सवमा प्रवेश निःशुल्क गरिए पनि यस वर्षको महोत्सवमा भने प्रबेश टिकटको ब्यवस्था गरिएको छ । बेगनासतालको किनारमा हुने महोत्सव अबधि भर ४० हजार दर्शकले प्रतक्ष्य रुपमा मेलाको अवलोक गर्ने र करिव एक करोड वरावरको आर्थीक कारोवार हुने आयोजकको दावी रहेको छ । महोत्सवमा विभिन्न प्रकारका ७५ वटा स्टलहरु रहने र महोत्सवबाट करिव २८ लाख आम्दानी हुने र २५ लाख खर्च भई बचत भएको रकमले बेगनासताल संरक्षण तथा सरसफाई र लोपोन्मुख स्थानिय जातका माछाको संरक्षणमा खर्च गरिने प्रचार प्रसार संयोजक दामोदरभत्त थापाले जानकारी दिएका छन् ।
यसैबिच महोत्सव उद्घाटन पुर्व बेगनाताल बसपार्कबाट महोत्सव स्थल सम्म विभिन्न आमा समुह, टोल विकास सस्था तथा सामाजिक संघ सस्थाहरुको झाकी ¥याली निकालीने कार्यक्रम रहेको छ ।

Related Articles

Close