मनोरञ्जन

शुक्रबार कतारमा ‘छक्का पन्जा २’ देखाइने

Spread the love

यो बर्ष बक्स अफिसमा धमाका मच्चाउन सफल चलचित्र ‘छक्का पन्जा २’ अब कतारमा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र नोभेम्बर १० अर्थात आगामी शुक्रबार सनैयास्थित ग्रान्ड मल नजिकै रहेको एसियन टाउन सिनेमाको हल नम्बर ३ मा प्रदर्शन हुन लागेको हो ।

दिउँसो सवा २ बजेबाट चलचित्रको शो सुरु हुनेछ । कस्तो राम्रो इभेन्ट्सले यो चलचित्रको प्रदर्शन कतारमा गर्न लागेको हो । चलचित्र हेर्नका लागि दर्शकले ३५, ५० र ७५ रियाल तिनुपर्नेछ ।

विश्वका विभिन्न देशमा धमाका मच्चाइरहेको यो चलचित्रलाई कतारमा रहेका नेपालीले पनि ब्यग्र प्रतिक्षा गरिरहेका छन् । दीपाश्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत,  जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

नेपालमा यो चलचित्रले १५ करोड हारहारीको व्यापार गरेको थियो । केही हलमा अझै यो चलचित्र चलिरहेको छ ।

Related Articles

Close