घैंटेखोरमा चैते दशैंमेला शुरु

  • ख-
  • ख+

 चैत्र २८, लेखनाथ । स्याङजाली तमु समाज पोखरा–२६ ले चैते दशैंको अवसरमा आयोजना गरेको चैते दशैं मेला एवं खुल्ला पुरुष भलिबल प्रतियोगिता विहिबारबाट शुरु भएको छ । मेलाको एक समारोहका विच उद्घाटन गर्दै स्याङजाली तमु समाजका अध्यक्ष मोहन प्र. गुरुङले क्लवले गरेका सामाजीक कार्यहरुको प्रशंसा गर्दै विसंगती र विकृतिमुत्त समाज निमार्णमा अघि वढ्न आग्रह गरेका थिए ।

मेलाको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगिताको पहिलो दिन २ खेल सम्पन्न भएका छन । भिरचोक युवा क्लव र आयोजक समर जुन युवा क्लव बि. विच भएको पहिलो खेलमा भिरचोक युवा क्लवले २–० को साझो सेटमा आयोजक समरजङ्ग युवा क्लव बि.लाई हराएको छ । यस्तै विहिबार नै लामतारा युवा क्लव, रिट्ठेपानी र सात ताल चेतनशिल युवा क्लव घैंटेखोर विच भएको दोश्रो खेलमा लामतारा युवा क्लवले २–० को सोझो सेटमा चेतनशिल युवा क्लवलाई हराएको छ । प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल आयोजक क्लव समर जुन ए र भिरचोक युथ क्लव, दोश्रो खेल मालागीरि र गोख क्लवविच विच खेल हुने आयोजकले जनाएको छ ।

चैत्र ३० गतेसम्म हुने मेलामा प्रतियोगिताको उपाधि जित्ने विजेताले नगद ५० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट स्पाईकर, वेष्ट डिफेन्डर र अनुशासित टिमलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक विरधन गुरुङले जानकारी दिएका छन । मेलामा शुक्रबार बाट विभिन्न साँस्कृतिक कार्यक्रम पनि हुने क्लवका सचिव चुक प्रसाद गुरुङले जानकारी दिएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्