ओलम्पिक टर्च पोखरामा

  • ख-
  • ख+

पोखरा, १३ मंसीर ।
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा आइपुगेको हो । पोखरा आइपुगेको ओलम्पिक टच रंगशाला, पृथ्वीचोक, सभागृह हुदैँ पुन रंगशाला ल्याइएको थियो ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्रा्िष्ट्रय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरि शुरु गरेको थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च ¥याली आयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पु¥याउने क्रममा पोखरा आएका हुन ।
मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च ¥यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जित बहादुृर के.सी, मुकुन्द हरी श्रेष्ठ, ज्ञान बहादुर वोहरा, कान्छी माया कोजु र राज कुमारी पाण्डे सहभागी भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्