एन प्याब्सनद्धारा तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको आयोजना

  • ख-
  • ख+

पोखरा २२, मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको आयेजना गर्ने भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको उक्त प्रदर्शनी मंसिर २४ देखि २७ गते सम्म पोखरा प्रदर्शनीकेन्द्र नयाँबजारमा हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्घेश्यले तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा लोकनृत्य प्रतियोगिता गर्न लागेको नेशनल प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा नेशनल प्याव्सान कास्कीका ४६ वटै विद्यालय सहभागिता रहने र करिव १ लाख वढिले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । प्रदर्शनीमा करिव ११ लाखा रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने प्रवेश निशुल्क राखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्