निशुल्क मौरी पालन तालिम सुरु

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २६पुष ।
लायन्स क्लब अफ वेगनास तालनगरीले निशुल्क व्यवसायिक मौरीपालन तालिमको आयोजना गरेको छ । शनिवार देशि सुरु भएको उक्त तालिम सोमवार सम्म सञ्चालन हुने उक्त तालिमको समापन सोमबार हुने भएको हो ।
व्यवसायिक मौरीपालन तालिमको उद्ध्घाटन गर्दै लायन्स क्लब अन्तराष्ट्रि डिष्ट्रिक ३२५ वि १ एफ डब्लु सि मल्टिपल कोर्डिनेटर एवम् पूर्व गभर्नर धु्रव थापाले लायन्स क्लब विशुद्ध सामाजिक संस्था भएको चर्चा गर्दै लायन्स क्लबले समाजिक, शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रहरुमा काम गरेको बताए । त्यस्तै गरी यो वर्ष डिष्ट्रिक गभर्नरले अगाडि सारेको थिम अनुुसार लायन्स क्लब अफ वेगनास तालनगरीले व्यवसायिक तालिमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै सिकेका कुरा व्यवहारमा लागुन गर्न तालिममा सहभागीहरुलाइ आग्रह समेत गरे ।
त्यस्तै गरी मैरी पालक महासंघ गण्डकी प्रदेशका अध्यक्ष एव्म प्रशिक्षक सूर्य प्रसाद लामिछानेले तालिम सम्बन्धि आफ्नौ भनाइ राखेका थिए । क्लबका अध्यक्ष केशव राज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कमिटी चियर पर्सन एवम् कार्यक्रम संयोजक ऋषिराम रानाभाटले स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पारेका थिए भने क्लबका सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्