पोखरामा हुने मिस तामाङ ग्राण्ड फिनालेको तयारी पूरा

  • ख-
  • ख+

२ माघ, पोखरा । पाँचौ संस्करणको मिस तामाङ पोखराको तयारी पूरा भएको छ । शनिबार पोखरा सभागृहमा मध्यान्ह १२ बजे बाट शुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताएका हुन् ।
मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको यो ल्होसार म्युजिक फेस्टिभलको यो सातौ संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ हुन लागेको हो । प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउदै छन् । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् ।
सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी