भिरचोकमा संचालन भएको रुपा मेला सम्पन्न

  • ख-
  • ख+

पोखरा, ३माघ ।
कास्कीको उत्तर पुर्व रुपा गाउपालिकाको भिरचोकमा संचालन भएको रुपा मेला सम्पन्न भएको छ ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न आन्तरिक पर्यटन तथा बाह्यि पर्यटनलाई निम्तो दिदै सकेको छ । ध्रुव तारा क्लवको आयोजनामा भएको मेला समापन समारोहमा बोल्दै गण्डकी प्रदेश का अर्थ मन्त्री किरण गुरुङले सरकारले अगाडी सारेको भ्रमण वर्षलाई सफल पार्न रुपा गाउपालिकालाई पर्यटकीय केन्द्रका रुपमा विकास गराउन सकिने प्रसस्त सम्भावनाहरु भएकाले प्रदेश सरकारको तर्फबाट आबश्यक सहयोग रहने प्रतिबद्दता जनाएका थिए ।
कार्यक्रममा रुपा गाउँपालिका प्रमुख नबराज ओझाले रोजगारीका लागि विदेशमा भौतारियका युवाहरुलाई स्वदेशमा नै फर्काएर सिप र रोजगारी प्रदान गरि आय आर्जनमा जुट्ने कार्यक्रमलाई अगाडी सारेको बताएका थिए भने रुपाकोट रिसोर्टका संचालक पुष्पराज अधिकारीले रुपाको मुहार नै फेरिने गरि काम गर्न सकिने तर्कहरु राख्दै सवैको साथ र सहयोगबाट अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।
सोही अवसरमा क्लबका सहयोग पु¥याउदै आउनु भएका क्लबका सस्थापक अध्यक्ष नारायण गुरुङ्, धुर्बतारा यु ए इ शाखा संस्थापक अर्जुन गुरुङ्, क्लब सदस्य इन्जिनियर खुसी मोहमद मिया, र रास्ट्रिय भलिबल रेफ्री गोपाल थापालाई सम्मान गरियको थियो । उक्त मेला मा खादा, ब्याज र आयातित मायाको चिनोलाई पुर्ण रुपमा बन्द गरी रुपा गाउपालिका भित्रका उत्पादित स्थानिय बस्तुलाइ मायाको चिनोको रुपमा प्रदान गरियको थियो । मेलामा आयोजित झाँकी प्रदर्सनी प्रतियोगितामा शान्ती रुपा बराहथोक तमु समाज प्रथम, नेवा खल देउराली दितिय, चिसापानी समाजले तृतिय स्थान प्राप्त गरेका छन् । त्यस्तै एकल नृत्य प्रतियोगिता तर्फ नेहा गुरुङ देउराली प्रथम, कृपा लामिछाने धर्मडाडा दितिय र बिपिन कुमाल पोल्याङ ले तृतिय स्थान हासिल गरेका छन् । यसै गरी प्रा बि तह हाजिरी जवाफ प्रतियोगिता मा गाउफर्क आधारभुत बिद्यालय प्रथम, कालिका आधरभुत विद्यालय दितिय र रुपा ज्योती मा बि ले तृतिय स्थान प्राप्त गरेका थिए ।
रुपा मेला को बिशेष आकर्सण १६ औ धुर्ब तारा भलिबल प्रतियोगिता को उपाधी आयोजक धुर्ब तारा क्लब ले आफ्नो पोल्टा मा पार्न सफल भयको छ । उपाधी सगै नगद ५५हजार पाँचस सय ५५, ट्रफी र मेडल प्राप्त गरेको छ । यसै गरी दितिय स्थान अन्नपुर्ण क्लब देउराली र तृतिय स्थान रुपाताल तमु समाज लेखनाथले प्राप्त गरे । रुपा मेला २०७६ लाई रुपाकोट रिसोर्ट को मुख्य प्रायोजन र शिबम सिमेन्टको सह प्रायोजन रहेको थियो । क्लबले भ्रर्मण बर्ष २०२० लाइ लक्षित गरी यसै मेला को उत्घाटन समारोह मा माननिय साम्सद खगराज अधिकारीबाट क्लब को पहलमा निर्मित हात्तिमैता भ्यु टावर र नेपालकै ठुलो ४३ फिट राष्ट्रिय झण्डाको उदघाटन गरी रुपाको पर्यटन बिकास लाइ साथ दिइरहेको छ । अहिले रुपाकोट जाने आन्तरिक पर्यटकको लागी टावर र झण्डा रोजाइको गन्तब्य बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्