आजको राशिफल

  • ख-
  • ख+

वि.सं. २०७६ चैत ३०। आइतवार। इ.स. २०२० अप्रिल १२। ने.सं. ११४० चौलागा। वैशाख कृष्णपक्ष। पञ्चमी।

बिशेष काम गर्ने सामान्य राम्रो समय बिहान 7:55  देखि 8;36  सम्म चन्द्र होराको समय हो भने अर्को बिशेष राम्रो समय 9:55  देखि 10:20 सम्म छ, यो समय गुरु होरा र लाभ बेला पनि पर्ने समय हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, गुरु होरा लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन । राहु काल बेलुका 16:40 देखि 18:33 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

मेष– मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला ।

वृष– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ।

मिथुन– अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ।

कर्कट– होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

सिंह– नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ।

कन्या– आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ ।

तुला– नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।

वृश्चिक– आज धनलाभको संभावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ ।

धनु– मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, ।

मकर– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।

कुम्भ– पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ।

मीन– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्