गण्डकी प्रदेश हिस्टुनद्धारा ५ दिने आइ सि टी तालिम सञ्चालन

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २७ जेठ ।
माध्यमिक विद्यालय शिक्षक युनियन गण्डकी प्रदेशले ५ दिने अनलाईन आइ सि टी तालिम सञ्चालन गरेको छ । जेठ २६ गते देखी जेठ ३० गते सम्म प्रविधिमैत्री भर्चुल माध्यमबाट सञ्चालन भइरहेको ५ दिने आइ सि टी तालिम सोमबारबाट सुरु भएको हो । गण्डकी प्रदेशको आयोजना तथा प्रविधीमैत्री शिक्षक समाज नेपालको प्राविधिक व्यवस्थापनमा सन्चालन भइरहेको मंगलबारको दोस्रो दिन प्राविधिक समिति कास्कीका सदस्य वृहस्पति लम्सालले जुम तथा गुगल प्रविधिको प्रयोग वारे प्रशिक्षण दिएका थिए भने प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय सदस्य एवम् हिस्टुन वाग्लुङका अध्यक्ष डिल्लि प्रसाद उपाध्यायले सहजीकरण गरेका थिए । १०० जना भन्दा बढी सहभागी रहेको तालिम यस्तो विषम परिस्थितिमा यो तालिम अति नै प्रभावकारी भएको प्रशिक्षार्थीले बताएका छन् ।
यस अघि कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माले तालिमको सफलताको शुभकामना दिंदै कोरोना भाइरस कोभिड १९ बाट शिक्षकहरुमा थप चुनौति थपिएको बताए । शिक्षकहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमा शिक्षण कृयाकलापका अलवा जुम तथा गुगल जस्ता नयाँ अलनलाइन प्रविधिको माध्यमबाट आफ्नो क्षेमता अभिवृद्धि गराउँदै स्थानिय परिस्थिति अनुसार विद्यार्थीहरुलाई वैकल्पिक विधीबाट पढाउनुपर्ने चुनौति आएको बताउँदै सोका लागि यो तालिम फलदायिक हुने विशवास व्यक्त गरे।
विश्वमा विकास भएको नयाँ नयाँ प्रविधिको चर्चा गर्दै अव नेपालमा पनि शिक्षकहरुले आफ्नो क्षेमता अभिवृद्धि गर्दै सोही अनुसार विद्यार्थीलाई पढाउनुपर्ने कुरामा जोड दिए। हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा हिस्टुनका केन्द्रिय अध्यक्ष मण्डलका सदस्य पुष्प प्रसाद न्यौपाने, हिस्टुन केन्द्रिय कमिटीका केन्द्रिय अध्यक्ष मण्डलका सदस्य वालकृष्ण कंडेल, परीक्षा व्यवस्थापन कार्यलय गण्डकी प्रदेशका कार्यलय प्रमुख विष्णु नारायण श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रेल, एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुंगाना, प्रविधि मैत्री शिक्षक समाजका केन्द्रिय महासचिव देवी प्रसाद शर्मा लगाएतले प्रविधिमैत्रीको महत्वको वारेमा वोलेका थिए ।

हिस्टुन गण्डकी प्रदेशका सह सचिव मदन सुवेदीले कार्यक्रम सन्चालन गरेका थिए भने हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लगाएत सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै कोरोना भाइरस कोभिड १९ का कारण मुलुक मा बन्दाबन्दी रहेको अवस्थामा नयाँ प्रविधिमैत्रीको माध्येमबाट शिक्षकहरुको क्षेमता अभिवृद्धि गराउँदै शैक्षिक सामग्री निर्माण गरी विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी बनाउनु अनलाईन आइ सि टी तालिमको मुख्य उद्धेश्ये रहेको बताए ।
देश अहिले बन्दाबन्दीको अवस्थामा रहेको वेलमा पनि सामुदायिक विद्यालयमा तिन दशक देखि साविक उच्च माविमा कार्यरत शिक्षकहरु, राहतमा कार्यरत शिक्षकहरु, वालविकासमा कार्यरत शिक्षीकाहरु त्था विद्यालय कर्मचारीहरु आफ्नो पेशा प्रति कर्तव्यनिष्ठ रहेको बताउँदै सरकारले जारी गरेको नयाँ निर्देशिका कार्यन्वय गर्न गण्डकी प्रदेशले अयोजना गरेको अनलाइन आइ सि टी तालिम कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
एक फरक प्रसंगमा अध्यक्ष तिवारीले विगत तिन दशक देखि सामुदायिक विद्यालय तर्फ साविक उच्च मावि तहका कार्यरत शिक्षकहरु, राहत शिक्षकहरु, विद्यालय कर्मचारी, बालविकासका शिक्षिकाहरुको पेशागत हकहितको सुनिश्चिताको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउँदै निज शिक्षकहरुलाई नियुक्तिका आधारमा सेवा अवधि गणना गरी कार्यरत तहमा आन्तरिक प्रतिष्पर्धा गराई वा अन्य कुनै विधी प्रयोग गरी स्थायी प्रकृयामा लगी स्थायी गर्नुपर्ने कुरामा जोड दिएका थिए भने हिस्टुन लम्जुङका अध्यक्ष अमृत सुवेदीले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्