शिक्षा क्षेत्रलाई राज्य र सरकारद्धारा उपेक्षा ः शंकर अधिकारी

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ३१ जेठ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले राज्य र सरकारले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । माध्यमिक विद्यालय शिक्षक युनियन गण्डकी प्रदेशले आयोजना एवम् प्रविधीमैत्री शिक्षक समाज नेपालको प्राविधिक व्यवस्थापनमा सञ्चालन भइरुहेको अनलाइन आइसिटी तालिमको शुक्रबारको कार्यक्रममा उक्त कुरा बताएका हुन । शिक्षक महासंघ लगाएत कुनै पनि संघ संगठनले शिक्षकहरुको एजेण्डा स्थापित गर्न सफल नभएको उनले आरोप लगाए ।
शिक्षकहरुको जायग माग राज्य र सरकारको प्राथमिकतामा नपरेको बताउँदै हिस्टुनले उठान गरेका मुद्धाहरु जयज भएको बताए । साथै हिस्टुनले उठान गरेका मागहरुको सम्बोधनका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समति एक्येबद्धता रहेको बताउँदै समयमा नै शिक्षकहरुका समस्याहरु समाधान नभएमा साविक उच्च माविका शिक्षकहरु, राहत शिक्षकहरु, वालविकासका शिक्षकहरु, विद्यालयका कर्मचारीहरु सबै उत्पिडित शिक्षकहरु संयुक्त संघर्षमा उत्रने चेतावनी दिंदैे एकिकृत अखिल नेपाल शिक्षक संगठनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साविक उच्च माविका शिक्षकहरुलाई राज्यले दिएको मावि द्धितिय श्रेणी कुनै पनि हालतले घटुवा हुन नदिने उनले बताउँदै आवश्यक परे शिक्षक महासंघलाई रुपान्तरण गरेर जानुपर्ने कुरामा पनि जोड दिए।
हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक विद्यालय शिक्षक युनियन केन्द्रिय अध्यक्ष मण्डलका सदस्यहरु एवम् पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई वाग्लुङका प्रमुख कुष्मराज उपाध्याय, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेल लगाएतले शिक्षकहरुको पेशागत हक हितका वारेमा वोलेका थिए । हिस्टुन गण्डकी प्रदेशका सहसचिव मदन सुवेदीले सञ्चालन गरेको कार्यक्रममा हिस्टुन गण्डकी प्रदेशका सल्लाहकार वेदहरी तिमिल्सिनाले संगठनका तर्फबाट मन्तव्य राखेका थिए ।
अनलाइन आइ सि टी तालिममा प्राविधिक समिति कास्कीका सदस्य वृहस्पति लम्साल र सकुन्ताला सोतीले प्रशिक्षण दिएका थिए भने प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय सदस्य एवम् हिस्टुन वाग्लुङका अध्यक्ष डिल्लि प्रसाद उपाध्यायले सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी