
म
न्याय हराएको देशको मान्छे हुँ
यहाँ मानवता
हिराजत्तिकै महङ्गो छ ।
म मृत्युपछि आफ्नै भूमिमा
यो भौतिक शरीर
विसर्जन गर्न चाहन्छु ।
तर
म यो भन्न विवश छु कि
म मृत्युपछि पनि ,
शरीरले चैनसँग माटोमा मिल्न
नपाउने देशको मान्छे हुँ ।
मेरो देशमा
दया माया भन्ने चीज
जुन जतिकै दुरीमा छ,
यहाँ मान्छेहरुको
हृदयमा मायाको खरेडी छ ।
ए मान्छेहरु
तिमीहरू म मरेपछि,
मेरो लास विसर्जन गर्न मात्रै
किन विरोध गर्छौ ।
बरु मेरो लासलाई
टुक्राटुक्रा बनाउ र त्यसलाई
बाटोभरी छर्दै हिड्,
खुसीयाली मनाउन
म चुपचाप हेरौंला ।
किनकि म त
सासले छोडेको लास न हुँ ,
न तिमीहरुले दिएको गालीले
मेरो मन दुख्छ,
न तिमीहरुले दिएको चोटले
मेरो शरीर दुख्छ ।
लेखक ः रोशनी गुरुङ