गण्की प्रदेश सरकारका चार निर्णहरु सार्वजनिक

  • ख-
  • ख+

पोखरा, १९ असार । गण्डकी प्रदेशको शुक्रबारको मन्त्रीपरिषद् बैठकका चार निर्णय गरेको छ । बैठकले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई गण्डकी सरकारले भौतिक पूर्वाधार र जनशक्ति थप गर्न आवश्यक बजेट दिने भएको छ ।

बैठकले भौतिक पूर्वाधार तयार गर्न, उपकरण र जनशक्ति ब्यवस्था गर्न ७० लाख ३४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रबक्ता रामशरण बस्नेतले बताए ।

यस्तै, बैठकले लोकसेवा आयोग र गण्डकी प्रशिक्षण प्रतिष्ठानमा कर्मचारी दरबन्दी स्विकृत गरेको छ । प्रतिष्ठानमा तत्कालका लागि ६ जना अस्थायी दरबन्दी कायम गरिएको छ भने लोकसेवा आयोगमा १६ जना कर्मचारी रहने ब्यवस्था गरेको छ ।

सरकारले प्रदेश लोकसेवा आयोगका लागि ८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । आवश्यक भौतिक संरचना निर्माण र कर्मचारी ब्यवस्थाका लागि यो रकम छुट्याईएको हो । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधिमा भएको ब्यवस्था बदलेको छ ।

यसअघि एउटा निर्वाचन क्षेत्र भित्रको बजेट विशेष कारण बदल्नुपरे सोही गाउँपालिका भित्रको अर्को योजना छान्नुपर्ने नियम थियो । तर अव निर्वाचन क्षेत्रभित्रका जुनसुकै योजना पनि छान्न पाउने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्