संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पतालको लेउवाद्धारा स्वागत

  • ख-
  • ख+

लेखनाथ, २ साउन ।
जनस्तरबाट मुठी दानदेखि सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी वि स २०६२ सालदेखि संचालनमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण कार्यको लेखनाथ उद्योग बाणिज्य संघले स्वागत गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको सामुदायिक अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरि समग्र गण्डकी प्रदेशका जनतालाई स्वास्थ्य सेवा पु¥याउने जुन उद्देश्य छ त्यसको स्वागत गर्दै आगामी दिनमा पर्ने जुन सुकै सहयोग गर्न पनि लेखनाथ उद्योग बाणिज्य संघ तयार रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश शंक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण भएपछि यसले लक्ष्य अनुसारकै सेवा दिनमा संघ विश्वस्थ रहेको छ ।

साविक लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट समय समयमा भएको पहलका वारेमा यहाँहरुलाई जानकारी भएकै विषय हो । लेखनाथ उद्योग वाणिज्य संघले अगाडी सारेको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई यसले थप सहयोग पु¥याउने र जुन सुकै रोगको उपचारका लागि बाहिर बाहिर धाउनु पर्ने अवस्थाको अन्त्य भई आम जनमानसमा सुखि र खुसीको सन्देश जानेमा यस संघ विश्वस्थ छ ।

समुदायबाट संचालित अस्पतालको स्वामित्व प्रदेश सरकार मातहतमा जानुले यस क्षेत्रको विकासमा थप सहयोग पुगेको लेखनाथ उद्योग वाणिज्य संघले ठहर गरेको संघका अध्यक्ष बलराम ढकालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्