पर्यटन क्षेत्रमा नेपाल र न्युजिल्याण्ड बिच सुमधुरसम्बन्ध रहेको छ : डा. अधिकारी

  • ख-
  • ख+

डा. रमिल अधिकारी, न्यूजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रवद्र्धन दूतमा नियुक्त भएका छन् । पोखरा महानगरपाकिला वडा नं।३१ मोहरीया घर भएका डा.अधिकारी अध्यन र कामको शिलशिलामा १ दशकदेखि न्युनिल्याण्ड बस्दै आएका छन् । मेडिकल डा।समेत रहेका अधिकारी न्युजिल्याण्डमा सरकारी तथा गैरसरकारी संस्थामा समेत सक्रिय रहेका छन् ।
न्युजिल्याण्डका सर एडमन्ड हिलारी ले सगरमाथा आरोहण गरेएता नेपाल र न्युजिल्याण्डबिच पर्यटनमा विशेष सम्बन्ध रहँदै आएको छ । पर्यटन बोर्डले नेपाली दूतावाससँगको समन्वयमा पर्यटनदूतमा नियुक्ति गर्दै आएको छ ।
न्युजिल्याण्ड र नेपालको सम्बन्ध सुदृढ गर्दै नेपालमा पर्यटन विकासको नयाँ सम्भावनासँग सम्बन्धित रहेर डा. अधिकारीसँग गरिएको कुराकानी :
यहाँलाई न्यूजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रवद्र्धन दूतमा नियुक्त गरिएको छ , कस्तो महशुष गर्नु भएको छ?
सर्वप्रथम यहालाई धन्यवाद प्रश्नको लागी, यहॉको विभिन्न भुमिकामा यहि कार्य गर्दै आईरहेको थिए साथै अहिले आएर औपचारिक रुपमा नेपाल सरकारले जसरी मलाई बिश्वास गरि जुन महत्वपूर्ण ज़िम्मेवारी पद दिएको छ त्यसका लागी सरकार प्रति आभार प्रकट गर्न चाहान्छु। यस प्रति म खुशि छु । साथै सरकारले दिएको यो ज़िम्मेवारीलाई पूर्णरूपमा सफल पार्ने छु।
न्युजिल्याण्ड र नेपाल बिचको के कस्तो सम्बन्ध छ ?
२९ में १९५३ मा सर एडमन्ड हिलारीले तेन्जिन नोर्गेसंग पहिलो सगरमाथा आरोहण गर्नुभयो त्यहि समय देखि नै नेपाल न्युजिल्याण्ड बिच सुमधुर सम्बन्ध रहेको छ। त्यसपछि पनि उहॉले नेपाल र नेपालीबिच जुन सम्बन्ध निरन्तरता क़ाएम गर्नु भयो त्यहि सम्बन्धले नै आजसम्म दुई राष्ट्र र नागरीक बिचको सम्बन्ध समधुर बन्दै गएको छ ।

यहाँ १ दशकदेखि न्युनिल्याण्ड बस्दै आउँनु भएको छ, नेपाल र न्यूजिल्याण्डको सम्बन्धलाई सुदृढ गर्न यहाँले के कस्ता योजना बनाउनु भएको छ ?
यो बहुआयामी बिषय हो । मेरो १ दशकको न्युजिल्याण्ड बसाईको अनुभवमा दुबै देशबिचको पर्यटन सम्बन्धलाई सुदृढ़ गर्न हामी एक संयुक्त संयन्त्र जारी गरि उक्त संयन्त्र मार्फ़त टुरिजमलाई प्रोत्साहन गर्ने तथा दुई देशका “NGO” र “INGO” लाई समावेश गरि पर्यटन क्षेत्रलाई थप टेवा दिने योजनाका साथ अघि बढ्ने लक्ष्य रहेको छ।

Dr.Ramil Adhikari

कोभिडको माहामारीको आवस्थामा पनि पर्यटन विकासमा के कस्ता नयाँ सम्भावनाहरु छन्?
अहिलेको यो बिषम परिस्थितिमा न्युजिल्याण्ड कोभिड फ़्री राष्ट्र हो । जसरी यो देशले आफ्नो राष्ट्रलाई शुन्य (कोभिड फ्रि) राख्न बिशेष साबधानी अपनायो त्यसैगरि नेपालले पनि सीमा क्षेत्रलाई कडाई गर्ने पर्यटकहरूलाई बिशेष साबधानीका साथ पर्यटन क्षेत्रलाई खुल्ला गर्दै बिशेष सुबिधाहरू उपलब्ध गराउन सकिन्छ जस्तै होटल टिकटहरूमा सहुलियत दिनु पनि रहन्छ ।
नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रुपमा विकास गर्न, के कस्ता पर्यटकीय पूर्वाधार तथा गतिविधिको विस्तार गर्नु पर्दछ?
पूर्वाधारलाई नै महत्वपूर्ण मानिन्छ जस्तै यातायातको सबैतिर सुबिधा, राम्रो बस्ने व्यबस्था, खानपान र मुख्य शौचालय रहन्छ साथै ठाउ ठाउमा इन्टरनेट सुबिधाको व्यवस्थापन गर्न सकियो भने सबै सिजनको पर्यटनका रुपमा बिकास गर्न सकिन्छ।

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ, यस्तो अवस्थामा विशेष गरी नेपाल र न्यूजिल्याण्ड विचको सम्बन्धलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
न्युजिल्याण्ड कोभिड फ्रि राष्ट्र हो तसर्थ नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको निति नियमलाई पालना गर्दै बिशेष सुबिधा र साबधानीका साथ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य बनाउन सकियो भने यो समयमा पनि दुई राष्ट्र बिचको सन्बन्धलाई प्रभाबकारी बनाउन सकिन्छ।
यहाँ पोखराको बासिन्दा पनि हुनुहुन्छ , समग्र पोखरा र लेखनाथ क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न यहाँले के कस्ता योजना बनाउनु भएको छ ?
हुनत म सिङो नेपालको प्रतिनिधित्व गरेको पर्यटन दुत हु तर पनि पोखरा र लेखनाथ पर्यटकका लागी मुख्य गन्तव्य रहेको हामी सबैलाई अबगत नै छ । यहॉको Queenstown जस्तो ठाउँ हाम्रो पोखराको भौगोलिक पृष्ठभूमिसंग मिल्दोजुल्दो रहेको छ । यस्ता पर्यटकिय ठॉउहरूलाई नजिकबाट नियाल्ने केहि सरकारी तथा ग़ैरसरकारी संस्था, पर्यटकिय व्यवसायीहरू तथा नेपाललाई अति माया गर्ने kiwi साथीहरूसंग यसबारे छलफलको चरणमा छौ ।कोभिड १९ पेन्डामिकको असर सहज हुदै गएपछि यसलाई तिब्र रूपमा अगाडी बढाउने छौ।

कोभिडको माहामारीको चुनौती रहेको आवस्थामा लेखनाथको क्षेत्रमा पर्यट प्रबद्र्धन गर्न के कस्तो सम्भावना देख्नुहुन्छ?
कोभिडको महामारी चुनौतीका समयमा प्रथम आन्तरिक पर्यटनलाई नै प्राथमिकता दिनु पर्दछ साथै धर्म र संस्कृतिलाई जोगाउने बिभिन्न योजनाहरू सहित आन्तरिक पर्यटकलाई safety precaution लाई ध्यानमा राख्नु ज़रूरी देखिन्छ ।यस्तो बिषम परिस्थितिमा आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्र धान्नेमा विश्वस्त छु।
पर्यटन व्यवसायिहरुले भोग्नु परेका समस्याहरुलाई कसरी समाधान गर्ने योजना बनाउनु भएको छ ।
नेपाल सरकारसंग समन्वय गरि नेपालमा आवश्यक पर्यटकिय साधनहरू र पर्यटकिय छेत्रहरुलाई गुणस्तरीय व्यवस्थापन गर्दै पदयात्रा तथा पर्वतारोहणका क्रममा आईपर्ने जोखिम व्यबस्थापनको लागी संयन्त्र निर्माण तथा पर्यटन क्षेत्रमा सामुदायिक सहभागिता गराएर यसको समाधान गर्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्