वेगनास युवा क्लबको अध्यक्षमा वराल

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १८ बैशाख ।
वेगनास युवा क्लबको अध्यक्षमा निराजन बराल निर्वाचित हुनु भएको छ । सनिबार सम्पन्न भएको क्लवको ३० औं साधारण सभा तथा १५ औं अधिवेशनले वराललाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
यसै गरी क्लबको उपाध्यक्षमा रोशन खनाल, सचिवमा रामकृष्ण लामिछाने, कोषाध्यक्षमा प्रकाश बराल, सह सचिवमा सुवास थकाली निर्वाचित हुनु भएको छ । त्यस्तै गरी सदस्यहरुमा गजेन्द्र रानाभाट, समिप रानाभाट, विज्ञान कोइराला, निकेश लालचन, बुद्ध गुरुङ, सुजन आचार्य रहेका छन् ।
यसै गरी सोही अधिवेशनले वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, राममणी अधिकारी, दुर्गा अधिकारी, कृष्ण प्रसाद ढुंगाना, केदार लामिछाने, महेश पौडेल लाई सल्लाहकारमा चयन गरेको छ ।
यस अघि पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल स्थित क्लबको सभाहलमा स्वास्थ्य सुरक्षाको नियम पालना गरी सम्पन्न भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक दुर्गा अधिकारीले क्लबकको विगत देखि वर्तमान अवस्था सम्मको चर्चा गर्दै क्लबले विभिन्न सामाजिक तथा मानविय सेवामा गरेका कार्यह चर्चा गर्नु भएको थियो ।
सोही कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु कृष्ण प्रसाद ढुंगाना, केदार लामिछाने, महेश पौडेल लगाएतले क्लबका वारेमा आ–आफ्ना धारण राख्नु भएको थियो ।
क्लबका अध्यक्ष राम बहादुर रानाभाटले यो क्षेत्रको धार्मिक एवम् पर्यटन क्षेत्रका रुपमा विकास गर्नका लागि युवाहरुलाई समेट्दै स्थानिय सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी आफ्नो कार्यकालमा सम्पादन गरेका कार्यहरुको वारेमा चर्चा गर्नु भएको थियो । रानाभाटले यस क्षेत्रलाई धार्मिक तथा पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्येले वृहत वेगनासताल सरसफाई अभियान सञ्चालन गरी ९८ औं हप्ता सम्म सरसफाई अभियान सम्पन्न भएको जानकारी गराउनु भयो । त्यस्तै गरी युवाहरुलाई खेल क्षेत्रका माध्यमबाट सकारात्मक सोचमा अभिवृद्धि गर्ने उद्धेश्येले दुइ संस्करणका वेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगतिा समेत सम्पन्न गरिएको सो अवसरमा रानाभाटले बताउनु भयो । आफ्नो कार्यकाललाइ सफल पार्न सहयोग गर्ने वडा कार्यलय, पोखरा महानगरपालिकाको कार्यलय ,स्थानिय सामाजिक संघ संस्थाहरु, बुद्धिजिवीहरु सबैमा कृतज्ञता व्यक्त गर्नु भयो ।
क्लबका सचिव रोशन खनालद्धार प्रस्तुत सचिबको प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण लामिछानेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रममा क्लवका उपाध्यक्ष निराजन बरालले स्वागत गर्नु भएको थियो । क्लबका सचिव रोशन खनालले सञ्चालन गर्नु भएको कार्यक्रम क्लबका अध्यक्ष राम बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको निर्वाचित अध्यक्ष निराजन बरालले जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्