पोखरा र न्युजिल्यान्डको अप्पर हट सिटी बिच भगिनी सम्बन्धको तयारी तीव्र

  • ख-
  • ख+

वेलिङ्टन, न्युजिल्यान्ड
पोखरा र न्युजिल्यान्डको अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्धको तयारीलाई तीव्रता दिइएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख र न्युजिल्याण्ड हट सिटी शहरका मेयर र सरकारी अधिकारीहरुको उपस्थितिमा भर्चुल प्रविधिको माध्यमबाट बैठक सम्पन्न भएको छ । छलफल कार्यक्रममा हट सिटी (वेलिङटन) का मेयर वेन गप्पीले हट सिटीको प्राकृतिक सौन्दर्य, जनसंख्या, शिक्षा, रेल सेवा, व्यवसायका अवसर, अन्तरािष्ट्रय विमानस्थल, यातायातको सुविधा, नौसेना र वायु सेनाको लागि मूख्यालयको सुविधा लगाएतका विषयका वारेमा जानकारी दिएका थिए ।
यसै बिच उक्त छलफल कार्यक्रममा हट सिटी (वेलिङटन) कै हेलेन स्वेलसले हट सिटी, वेलिङटनमा विभिन्न क्षेत्रमा कला र व्यवसायको अवसर भएको बताउँदै नेपालको पोखरा र हट सिटी (वेलिङटन) विचको भगिनी सम्बधले दुवै शहर विचमा पर्यटन क्षेत्र, व्यवसाय, सांस्कृतिक लगाएतका क्षेत्रहरुमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले दुई शहर बिचको भगिनी सम्बन्धले आफूलाई धेरै खुशी लागेको बताउँदै भगिनी सम्बन्धले पर्यटन, सामाजिक, धार्मिक, व्यवसाय क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, पोखरा महानगरका उप–प्रमुख मञ्जु गुरुङले भगिनी सम्बन्धको प्रसंशा गर्दै लामो समयको निरन्तर छलफल, अन्तरक्रिया पश्चात भगिनी सम्बन्धको प्रकृया अन्तिम क्षणमा आएको बताउँदै दुई शहरहरू बिचको भगिनी सम्बन्धको सम्भौता चौत १५ भित्रै हुने पनि उनले बताइन् ।
पोखराका अशोक सुनारले पोखरा शहरका बारेमा जानकारी गराएका थिए भने प्रभा कोइरालाले दुई शहर बिच बलियो सम्बन्ध हुने विश्वास व्यक्त गरेकी थिइन् ।
यसैगरी लामो समय देखि पोखरा र न्युजिल्यान्डको राजधानी वेलिङटनबिच भगिनी सम्बन्ध बनाउन प्रयासरत नेपाल र न्युजिल्यान्डमा रहेका नागरीकहरुलार्य यस छलफल र औपचारिक भगिनी सम्बन्धको घोषणाले उत्साहित बनाएको छ । यस अभियानका सदस्य एवं न्युजिल्यान्डमा बिगत समयदेखि पोखरा तथा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेका सञ्जय शान्ति सुबेदीले यस सुखद खबरले न्युजिल्यान्डमा नेपाललाई पर्यटनको गन्तव्यको रूपमा स्थापित गर्न मात्रै नभएर कुटनितिक सम्बन्ध पनि सुधार्न भूमिका खेल्ने विचार व्यक्त गरे । नेपालको न्युजिल्यान्डसँगको ६ दशक लामो दौत्य सम्बन्धको जगमा नेपालको पर्यटकीय सुन्दर शहर पोखरा र न्युजिल्यान्डको राजधानी शहरबिच घोषणा हुन लागेको औपचारिक भगिनी सम्बन्धको बहुआयामिक प्रभाव रहने सरोकारवालाहरूको भनाई रहेको छ ।
न्युजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रबर्द्धन दूत एवं भगिनी सम्बनधको संयोजन गरिरहेका डा. रमिल अधिकारीले उक्त छलफल कार्यक्रम सार्थक एवं एतिहासिक भएको जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्