१७ औं लेखनाथ महोत्सव सम्पन्न,

  • ख-
  • ख+

लेखनाथ/चैत ७ ।  कास्कीको लेखनाथमा फागुन २६ गते देखि सुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ ।

१२ दिनसम्म सञ्चालन भएको महोत्सवको २ लाख २० हजार दर्शकहरुले अवलोकन गरेको र ६ करोड ४५ लाख बराबरको आर्थिक कारोबार सँगै सोमबार सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै लेखनाथ क्षेत्रको प्रचार प्रसारको लागि लेखनाथ उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको वताए । महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले पर्यटकिय विकासको लागी उचीत कार्ययोजना ल्याउन सकेको खण्डमा आगामी वर्षबाट नै प्रदेश सरकारले वजेटको व्यवस्था गर्ने वताए ।

मन्त्री शर्माले तनहुँ र कास्कीको सिमानामा रहेको पुडीटार क्षेत्रलाई प्रदेश सरकारले औधोगीक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको वताउँदै आगामी एक दुई महिनाभित्रै नेपाल सरकारसँग जग्गाको भोगाधिकार लिन सफल हुने विश्वास व्यक्त गरेका थिए । यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले यहाँका पर्यटकिय क्षेत्रको विकासका लागि राज्यको मुख मात्र तोक्ने नभई सबै व्यवसायीहरु सहकार्य गरी अगाडी वढ्नुपर्ने वताउँदै कम्पनी मोडेलको रुपमा पुर्वाधारको विकास गरी पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउने वातावरण तयार गर्नुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष आत्रेयले आगामी १८औं संस्करणको लेखनाथ महोत्सव आगामी पुस ७ गतेदेखी १८ गतेसम्म सञ्चालन गरिने जानकारी समेत दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोईराला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्य लगायतले बोलेका थिए ।

महोत्सवमा राखिएका करिब ३ सय स्टलहरु मध्ये सिटिजन फर्निचर ट्रेड प्रालीले सबैभन्दा उच्च कारोबार गर्न सफल भएको थियो भने स्थानीय कृषि उत्पादनमा हेमजा तरकारीको स्टलले सफल कारोबार गर्न सफल भएको थियो । महोत्सवमा करिब ७ सय जनाले कोभिड–१९ विरुद्धको खोप को सेवा लिएको आयोजकले जानकारी दिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए भने धन्यवाद ज्ञापन दित्तिय उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्