रत्नशोभामा ६३ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्न

  • ख-
  • ख+

लेखनाथ, २५ बैशाख । पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा रहेको रत्नशोभा माध्यमिक विद्यालयमा ६३ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा २८ का वडा सदस्य विष्णु प्रसाद तिवारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबैले सोच्नुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्न सके निजि विद्यालयमा विद्यार्थीहरु पढ्न नजाने बताउँदै सबैले सचेत भएर सोच्नुपर्ने बताए ।
यसै गरी सोही कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङले विद्यालयमा भौतिक सम्रचना भएको बताउँदै अभिभावकहरु, विद्यार्थीहरु र शिक्षकहरु एक भएर अगाढि बढ्न सके मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।
यसै गरी शिक्षक अभिभावक संंघका पूर्व अध्यक्ष नर बहादुर नेपाली, पूर्व जनप्रतिनिधि भिम बहादुर गुरुङ, साना किसान कृषि सहकारी संस्था सौरेका अध्यक्ष एवम् पूर्व शिक्षक इन्द्र प्रसाद जैसी लगाएतले शिक्षाका वारेमा बोलेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले आफ्नो कार्यकालमा विद्यालयमा भौतिक संरचना बनाएको चर्चा गर्दै विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा सरोकारवालाहरुले चासो दिनुपर्नेमा जोड दिए ।
शिक्षक गोपी मायाँ गुरुङले स्वागत गरेको उक्त कार्यक्रममा प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको तर्फबाट शिक्षक पूर्ण बहादुर खत्रीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७६, ७७ र ७८ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार एवम् अक्षयकोष छात्रवुत्ति पुरस्कार समेत वितरण गरिएको थियो । पोखरा ३० शिशुवा निवासी एवम् पूर्व विद्यर्थाी कुष्ण बहादुर गुरुङले १ लाख १ हजार ५ रुपैयाँ र पोखरा २८ नौरुङ निवासी आश कौंरी गुरुङले २० हजार दुइ सय विद्यालयको शैक्षिक उन्नयन एवम् भौतिक विकासका लागि आर्थिक सहयोग गरेका थिए भने कार्यक्रमको विचमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्