अमरसिद्धमा सदन विभाजन

  • ख-
  • ख+

लेखनाथ, ५ असार । पोखरा महानगरपालिका वडा नं.३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयमा सदन विभाजन गरिएको छ ।
शैक्षिक सत्र २०७९को विद्यालयको शैक्षिक पात्रो अनुसार आइतबार कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई निलो, हरियो , राता र पहेंलो ४ सदनमा विभाजन गरिएको हो ।
जस अनुसार कक्षा १० का एलिजना दर्लामी मगर निलो सदनको सदन नेता र कक्षा ९का अश्विन खनाल सोही सदनका उपनेता रहेका छन् । यसै गरी कक्षा १० का अन्जना खनाल हरियो सदनका सदन नेता र कक्षा ९ का स्नेह तामाङ सोही सदनका उपनेतामा चयन भएका छन् ।
त्यस्तै गरी रातो सदनको सदन नेतामा कक्षा ९ का रुपक तामाङ र कक्षा १० की सदीक्षा सुनार उपनेतामा चयन भएकी छीन भने पहेंलो सदनको सदन नेतामा कक्षा ९ का अस्मिता तामाङ र सोही सदनको उपनेतामा कक्षा १० का अन्जन वि.क. सर्वसम्मत रुपमा चयन भएको शिक्षक एवम् सूचना अधिकारी सुनिल लामिछानेले जानकारी दिएका छन् । विद्यार्थीहरुको सर्वाङ्गिणी विकासका निम्ति सदन मार्फत विभिन्न खेलकुद तथा शैक्षिक क्रियाकलापहरु गर्दै आएको विद्यालयमा उक्त सदन विभान कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक चन्द्र बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्