पोखरा २८ का विभिन्न खोपकेन्द्रमा बालबालिकालाई खोप लगाइने

  • ख-
  • ख+

पोखरा, १४ असरा । कोभिड–१९ विरुद्धको खोप अभियान२०७८/०७९ खोप अभियानको लक्षित उमेर समुह अनुसार बालबालिकालाई  PFIZER Bio NTech खोप लागाइने भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको व्यवस्थापनमा पोखरा २८ का विभिन्न खोप केन्द्रहरुमा खोप लगाइने स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जानकारी दिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कालिका आधारभूत विद्यालय, रत्न शोभा मा.वि.माझठाना रैकर र लेखनाथ आधारभूत विद्यालयमा असार १९ गते खोप लगाइने भएको हो ।
यसै गरी जनज्योति मा.वि.कालिकास्थान, सिद्ध आधारभूत विद्यालय र भूर्तेल आधारभूत विद्यालयमा असार २० गते खोप लगाइने भएको हो ।
यसै गरी जनज्योति आधारभूत विद्यालय, डाँडा गाऊँ खोप केन्द्र र माझठाना स्वास्थ्य चौकीमा असार २१ खोप लगाइने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै गरी असार २२ गते कालिका स्वास्थ्य चौकीमा खोप लगाइने भएको हो ।
यस भन्दा पहिला कोभिड १९ विरुद्धको कुनै पनि खोप नलगाएका ५ वर्ष देखि१२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी