व्यवसायीविच दौड प्रतियोगिताको पुरुष तर्फ राहुल र महिला तर्फ चोलीमायाँ प्रथम

  • ख-
  • ख+

लेखनाथ, १८ असार । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको व्यवसायीविचको दौड प्रतियोगितामा पुरुष तर्फ पोखरा ३१ का राहुल थापा प्रथम भएका छन् । आफ्नो स्थापनाको रजत वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार व्यवसायीहरुविच सम्पन्न भएको उक्त दौड प्रतियोगितामा उनले ८ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भएका थिए ।
पोखरा–२७ डाँडाको नाक स्थित लेखनाथ महोत्व स्थल बाट भण्डारढिक खेल मैदानसम्म झण्डै २ किलोमिटर दुरीमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ मिनेट १२ सेकेण्डमा पार गर्दै महेन्द्र नेपाली दोश्रो हुन सफल भएका छन । यस्तै पोखरा–२९ नौविसेका मदनकुमार थापा तृतीय हुन सफल भएका छन । उनले निर्धारीत दुरी ९ मिनेट ३९ सेकेण्डमा पुरा गरेका थिए । खिमनाथ शर्मा, अपिल सुवेदी र प्रकाश भुर्तेल पुरुषतर्फ सान्त्वना हुन सफल भएका छन ।
यसैगरी महिलातर्फ पोखरा–३० पावर हाउसकी चोलीमाया थापा प्रथम भएकी छिन । उनले १२ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भएका थिईन भने उक्त दुरी १२ मिनेट ३० सेकेण्डमा पार गर्दै पोखरा–२७ अघौंकी शुष्मा सापकोटा दोश्रो हुन सफल भएकी छिन । यस्तै पोखरा–३२ तल्लो गगनगौंडाकी छाँया बसौला तिवारी तृतीय हुन सफल भएकी छिन । उनले निर्धारीत दुरी १३ मिनेट १३ सेकेण्डमा पार गरेकी थिईन । सरस्वती बराल, ईन्दु जोशी र एलिसा बराल सान्त्वना हुन सफल भएका छन । संघका पुर्वध्यक्षहरु मध्ये सुमन भटृराई पहिलो हुन सफल भएका छन ।
प्रतियोगितामा प्रथम हुन सफल प्रतियोगिले नगद रु १२ हजार, द्धितीय हुन सफल प्रतियोगीले नगद रु ८ हजार, तृतीय हुन सफल प्रतियोगीले नगद रु ४ हजार र सान्त्वना हुन सफल प्रतियोगीले नगद रु २ हजार प्राप्त गर्नेछन । पुरस्कार रकम यहि असार २० गते हुने वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने संघले जनाएको छ ।
विजयीहरुलाई बधाई ज्ञापन गर्दै संघका अध्यक्ष क्षत्रधर आत्रेयले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा संघले जोड दिंदै आईरहेकोमा खेलकुद तर्फ स्वास्थ्को दृष्टिकोणले पनि दौड प्रतियोगिता अत्यन्तै फलदायी हुने देखीएकोले अगामी दिनहरुका पनि अझै व्यवस्थीत गरेर निरन्तरता दिने वताएका थिए ।
दौड प्रतियोगिता शुरु हुनु अघि प्रशिक्षक एवम् खेल प्रेमी खडग बहादुर रानाभाटले प्रतियोगीहरुलाई खेलको नियमको विषयमा जानकारी गराएका थिए । संघका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक राजेन्द्र ओझाले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी राजुले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्