तिनपिप्ले युवा क्लबद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर

  • ख-
  • ख+

तिन पिप्ले युवा क्लबद्वारा सञ्चालित १ दिने निःशुल्क स्वास्थ्य शिविर रुपा गाँउपालिका वडा नं। ७ हंसपुर स्थित श्री अरुणोदय आधारभूत विद्यालयको प्राङ्गणमा यही भाद्र २५ गते शनिबार सम्पन्न भयो । उक्त कार्यक्रम रुपा गाँउपालिकाका अध्यक्ष श्री नवराज ओझाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

प्रमुख अतिथिले कार्यक्रममा बोल्दै गाँउमै आएर प्रत्यक्ष स्वास्थ्य सम्बन्धी सहकार्य गरेर क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उक्त कार्यक्रमका संयोजक सामाजिक तथा धार्मिक व्यक्तित्व श्री बाबुराम थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भौतिक शरीरको उपचार औषधिबाट हुने र आत्माको उपचार योग साधनाबाट हुने हुँदा स्वास्थ्य र योग साधना दुबै एकै सिक्काका दुई पाटा हुन् भन्ने बताउनुभयो । उक्त शिबिरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। विद्याभूषण ताम्राकारस पेट, छाती, मुटु तथा थाइराइड विशेषज्ञ डा। सुदर्शन सुबेदीस प्रसुती तथा स्त्री रोग विशेषज्ञ, डा। रुपेश सिंह बस्नेत तथा मेडिकल अफिसरद्वय डा। दिनेश बाबु पौड्याल र डा। अनिश बस्ताकोटीमार्फत करिब ३०० जना विरामीले स्वास्थ्य लाभ लिएका थिए ।

नयाँबजार पोलिक्लिनिक, पोखराको प्राविधक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संयोजक बाबुराम थापाले स्वस्थ्यकर्मीको टोलीलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष श्री सन्तोष भुर्तेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन श्री ध्रुव कल्पित सुबेदीले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्