विविध कार्यक्रम गरी मनाइयो राष्ट्रिय बालदिवस

  • ख-
  • ख+

लेखनाथ, २९ भदौ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ ।
५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बाल क्लबले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको नृत्य प्रतियोगिता र कक्षा ६ देखि कक्षा १२ सम्म विद्यार्थीहरुको बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
कक्षा ५ सम्म सम्पनन भएको नृत्य प्रतियोगितामा निशा नेपाली प्रथाम, रिदम नेपाली द्धितिय, सिम्रिका तिवारी तृतिय,, र सफल परियार सान्त्वना भएका थिए । यसै गरी कक्षा ६ देखि कक्षा ८ सम्म भएको बक्तृत्व कला प्रयितोगितामा शिक्षिता तिवारी प्रथम, एलन गुरुङ द्धितिय, ममता तिवारी तृतिय र विराज बुढाथोकी सान्त्वना भएका छन् । कक्षा ९ देखि कक्षा १२ सम्म भएको पतियोगितामा कक्षा १२ की रेवती तिमिल्सिना प्रथम, कक्षा १० की सोचना केसी द्धितिय, कक्षा ९ की सुप्रिया न्यौपाने र कक्षा ९ कै भरोसा गुरुङ सान्त्वना भएकी थिइन भने राष्ट्र निर्माणमा बालबालिकाको भूमिका बक्तृत्वकला प्रतियोगिताको शीर्षक रहेको थियो ।
सहायक प्रधानाध्यापक भेषराज सुवेदी पुरस्कार वितरण गर्दे प्रतियोगितामा सफल विद्यार्थीहरुलाई बधाइ दिएका थिए । विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि यदुनाथ पाण्डे , कक्षा ६–८ संयोजक पूर्ण बहादुर खत्री, शिक्षक हुमनाथ अधिकारी लगाएतले बालदिवसका बारेमा बोलेका थिए ।
बालक्लबका संयोजक शिक्षक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नृत्य प्रतियोगितामा पूर्ण बहादुर खत्री संयोजक र भागीरथी ढकाल र कमला पौडेल निर्णायक मण्डलका सदस्यहरु रहेका थिए भने निर्णायक मण्डलका संयोजक पूर्ण बहादुर खत्रीले प्रतियोगितामा नियम सम्बन्धि जानकारी गराएका थिए ।
कक्षा ६ देखि १२ सम्म सम्पन्न भएको बक्तृत्व कला प्रतियोगिताका निर्णायक मण्डलका संयोजक गोपी मायाँ गुरुङले प्रतियोगीता नियमका बारेमा प्रष्ट पारेकी थिइन भने शिक्षक मुक्तिनाथ खनाल र शिक्षीका बुद्धि मायाँ तिवारी निर्णायक मण्डलक सदस्यहरु रहेका थिए । शिक्षक सुरेश बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए भने प्रतियोगिताको पुरस्कार विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष बास्तोलाले स्पोन्सर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी