निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ख-
  • ख+

असोज १, पोखरा । स्वच्छ पोखरा , स्वस्थ पोख्रेली अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं.२८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड माझठाना सौरे र रत्न शोभा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बार्बरा हेल्पिङ ह्याण्डको प्राविधिक सहयोगमा जोर्नी तथा नशा रोगको निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।
कर्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडावासीहरु स्वास्थ्य रहनु पर्ने स्थानीय सरकारको चाहना रहेको बताउँदै आगामी दिनमा वडामा विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने यस्ता सामाजिक तथा मानविय सेवाका कार्यमा वडाबाट आवश्यक सहयोग गर्ने पनि वडा अध्यक्ष लामिछानेले बताए ।


हाड जोर्नी तथा नशा रोग विशषेज्ञ डा. रविमोहन ढकालले स्वच्छ पोखरा , स्वस्थ पोख्रेली अभियानका रुपमा जनतालाई स्वास्थयमा जागरुक गराउने उद्धेश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी बार्वरा हेल्पिङ ह्याण्डले निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्र्द आएको बताए ।
डा. ढकालले विद्यालयमा विद्यार्थीहरुका अलवा समाजक हरेक नागरीकलाई स्वास्थ्य , सामाजिक एवं व्यवहारिक ज्ञान दिनु जरुरी रहेको बताउँदै रोग सरसफाई सम्बन्धि जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।


उक्त शिविरबमा डा. ढकालले स्वास्थ्य शिविरमा परिक्षण गरेका विरामीहरुलाई बार्वर हेल्पिङ ह्याण्डा पोखरा ३० शिशुवामा १ महिना सम्म निशुल्क परामर्शका साथै स्वास्थ्य सेवा प्रदान गर्ने बताए । त्यस्तै असाय, अशक्त जेष्ठ नागरिकहरुलाई पनि वडा सेवा केन्द्रको सिफारिसमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरे ।
यस्तै गरी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्र प्रसाद जैसी, कालिका सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारी लगायतले मानव जीवनमा स्वास्थ्य अति नै जटिल बन्दै गएको बताउँदै स्वास्थ्यमा सजग रहुनपर्नेमा जोड दिए ।
रत्न शोभा माध्यमिक विद्यालयका शिक्षक पूर्ण बहादुर खत्रीले स्वागत गर्दै टोलवासीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

रत्न शोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए भने शिविरमा २०० बढीले सेवा लिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्