पोखरा ३१ मा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ , ४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा मतदान कार्य जारी रहेको छ । बिहान चिसो भएका कारण कम संख्यामा मतदाता मतदान गर्न पुगे पनि दिउँसो भने मतदाताको उत्साहाजनक सहभागिता देखिएको छ।

कास्कीमा तीन निर्वाचन क्षेत्र छन्। क्षेत्र नं.१ अन्तर्गतको ३१ नं वडामा मतदान शान्तिपूर्ण तरीकाले जारी रहेको पाइएको छ ।

उत्साहजनक रूपमा मतदानमा मतदाना सभागी भएको र दिउँसो २ बजे सम्म ४५ सम्म अम्मर सिद्ध नमूना मा.वि. केन्द्रमा १ हजार ५० , आनन्द ज्योति मा.वि.मा ८ सय मत, इन्द्रेणी आधारभुत विद्यालयमा ८ सय मत, जलधारेमा ५ सय २० मत र अरुणज्यति आधारभूत विद्यालयमा ५ सय १० मत खसेको जनाइएको छ ।

कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र रहेका छन्। ती मतदान केन्द्रबाट २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन्। एउटा केन्द्रमा स्वयम सेवकसहित ११ जना कर्मचारी खटिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी