नयन र स्वागत सहकारी विच एकिकरण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,११मंसिर । पोखरा २६ मा रहेको नयन वचत तथा ऋण सहकारी र पोखरा १४ को चाउथेमा रहेको स्वागत बचत तथा ऋण सहकारी सस्थाका विच एकिकरण भएको छ ।
दुई सस्थाका विच समान कार्ययोजना पारित गर्दै एकिरण भएपछि नयन वचत तथा ऋण सहकारी सस्था नाम रहेको सहकारीमा सेयर सदस्यको सख्या बृद्धि भई सेयर पुँजी रकम चार करोड ७४ लाख १५ हजार आठ सय पुगेको छ ।
सहकारी खोल्नु भन्दा पनि ब्यवस्थीत रुपले सहकारी संचालनमा बर्तमान अवस्थामा देखिएका अब्ठारोलाई मध्यनजर राख्दै सहकारी सहकारी विचको एकिकरण सम्भव भएको उदाहरण दिदै स्थापित सहकारीको निक्षेप १२ करोड ३५ लाख नव्वे हजार चार सय ६२ पुगेको छ भने लगानी तर्फ १५ करोड सात लाख ७१ हजार चार सय ५१ पुगेको हो ।
दुई सस्था एकिकरण घोषण सभा तथा विशेष साधारण सभाले आगामी कार्यकालका लागि टिकाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदी,सचिवमा शिवहरी सुवेदी,सह सचिमा सोभामोहन सुवेदी र कोषाध्यक्षमा अर्जुन सुवेदी रहेका छन् भने समितिको सदस्यहरुमा सान्तोष सुवेदी,दामोदर सापकोटा,मेनका देवी लामिछाने,सन्दिप सुवेदी,शिव प्रसाद अधिकारी र यमनारायण श्रेष्ठ रहेका छन् ।
विशेष साधारण सभामा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले समान योजना र उदेस्य भएका सहकारीहरु एकिरण भई सामुहिक लगानीको अवधारणाले आय आर्जनमा जोडीनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार वलराम ढकाल, शिक्षा उप समितिका संयोजक दामोदर सापकोटा र उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी लगाएतले आ –आफनो धारणा राखेको कार्यक्रममा स्वागत बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विमल भण्डारीले स्वागत र नयन बचत तथा ऋण सहकारी सस्थाका सचिव शिवहरी सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्