न्यू लाइटमा २८ औं वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १६ मंसिर । पोखरा महानगरपालिका वडा नं.३० स्थित न्यू लाईट बोडिङ स्कुलमा २८ औं वार्षिक सप्ताहव्यापी खेलकद कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक वर्ष सप्ताहव्यापी खेलकुद कार्यक्रम गर्दै आएको विद्यालयले यस शैक्षिक सत्र २०७९को २८ औं वार्षिक खेलकुद कार्यक्रम गत मंसिर १२ सुरु गरेर आज शुक्रबार पुरस्कार वितरण गरी खेलकुद कार्यक्रम सम्पन्य गरेको हो ।


खेलकुद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, १ सय, २ सय, ४ सय, ८ सय , १५ सय मिटर दौड, बेलुन पपीङ, होप स्कोच लगायतका खेलकुदका इभेन्टसहरुमा तहगत रुपमा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।
विभिन्न इभेन्टसमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाले विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरुको सर्वाङ्गिणी विकासका लागि सप्ताहव्यापी रुपमा खेलकुद कार्यक्रमका आयोजना गर्दै आएको बताउँदै सबै विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुलाई बधाई एवम् धन्यवादन दिएका थिए ।


त्यसै गरी विद्यालयका निर्देशक नविन कुमार देवान, भाइस प्रिन्सिपल ढाकाराम कंडेल, मा.वि.तह ( कक्षा ११ र १२ ) का संयोजक रामकृष्ण कोइराला लगायतले कक्षा कोठामा पठनपाठनका अलवा विद्यार्थीहरुको शारिरीक विकासमा खेलकुदको महत्वपूर्ण हुने बताउँदै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रम गरेका थिए ।


शैक्षिक प्रशासन प्रमुख अरुण चन्द्र सुवेदीले सञ्चालन गरेको कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख पूर्णभद्र सुवेदीले धन्यवादन ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी