१८ औं संस्करणको लेखनाथ महोत्सब पाैष ७ गते देखि सुरु हुने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १८ औं संस्करणको लेखनाथ महोत्सव आगामी पाैषा ७ गते देखि हुने भएको छ ।
प्रारम्भिक चरण्को तयारीका बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संघले पाैष ७ गते देखि पाैष १८ गते सम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गरिने जानकारी दिएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संधका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक छत्रधर आत्रेयले स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रर्दशनीबाट सुृरु गरी २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सब गर्दै आएको बताए ।
लेखनाथमा पर्यटकिय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्टि गर्ने आत्रेयले जानकारी दिए । पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिंदै आत्रेयले घरेलु उत्पादनका सामग्रीहरुको प्रर्दशनी गरी उद्यमी व्यवसायीहरुको प्रवद्र्धन गर्ने बताए ।
सगरमाथा ईन्सोरेन्स कम्पनी लिमिटेड मुख्य प्रायोजक र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजक रहेको १८ औं संस्करणको लेखनाथ महोत्समा सकारात्मक पक्षलाई आत्मसाथ गरी प्रभावकारी रुपमा अगाढि बढ्ने प्रतिबद्धता समेत अध्यक्ष आत्रेयले व्यक्त गरे । लेखनाथ महोत्सब मनोञ्जनात्मक पक्षबाट मात्र नभै उपलब्धिमुलक रुपमा आयोजना गरिएको उनले स्पष्ट पारे ।
यसै गरी संघका प्रथम उपाध्यक्ष एवम् प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवमं दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्ध जस्ता कारणले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८ औं संस्करणको लेखनाथ महोत्सवको मूख्य उद्धेश्य रहेको बताए ।
जातिय भेषभुषा, कला संस्कृति , रितिरिवाजको जगेर्ना गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकार्षण गरी आन्तरिक पर्यटनलाई सयहोग पु¥याउने १८ औं संस्करणको लेखनाथ महोत्सको उद्धेश्य रहेको पनि उनले बताए ।
महोत्सवमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी हसतकला प्रर्दशनी , आदिवासी जनजाति तथा महिला समूहहरुको झाँकी ¥याली तथा भेषभुषा प्रर्दशनी , हास्यव्यंग कलाकारहरुको प्रस्तुति, वाल उद्यान, खाना महोत्सब, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट लगायत विशेष आकाषर््ाणका कार्यक्रमहरु रहेको ओझाले जानकारी दिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा ३ सय ३७ स्टल रहने जानकारी दिंदै ओझाले २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको पनि बताए । १० लाख बराबरको आर्थिक कारोबार हुने र ९५ लाख आम्दानी हुने आयोजकको अपेक्षा रहेको छ भने करिब ८५ लाख खर्च भई बाँकी १० लाख बचत हुने आयोजकको अनुमान रहेको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवन स्तर उन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्ने पनि ओझाले बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्ढारी, पोखरा महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्ढारीले लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा महोत्सवलाई समय सापेक्ष अनुसार परिस्कृत गर्दै महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब राखेका थिए । संघका वरिष्ट उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्