मानव अधिकारको संरक्षणमा चेतना महत्वपूर्ण ः मूख्यमन्त्री पोखरेल

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २४ मंसिर । गण्डकी प्रदेशका मूख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालमा मानव अधिकारको संंरक्षणमा सबै नेपालीहरुमा चेतना हुनुपर्नेमा जोड दिए। राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशले आयोजना गरेको ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मूख्य मन्त्री पोखरेलले मानव अधिकारका बारेमा सैद्धान्तिक रुपमा उल्लेख भए पनि व्यवहारीक रुपमा मानव अधिकार संरक्षण हुनुपर्नेमा जोड दिए । राज्यका सम्बैधानिका निकाय, सरकार सबै नागरीकमा चेतना भएमा राज्यमा हुने विभिन्न किसिमका अन्याय, अत्याचार, हिंसा निराकरण गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

यसै गरी पोखरा महानगर प्रमुख धनराज आचार्यले आफू मानव अधिकारलाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताउँदै सबैमा कर्तव्यबोध भए मात्रै मानव अधिकारको संरक्षण हुने धारणा राखेका थिए । कास्की जिल्ला समन्वय समितिका संयोजक लिलाधर पौडेल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्ध, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् अधिवक्ता गोविन्द शर्मा पौडेल,शान्तिका लागि नागरीक समाज सञ्चाल गण्डकी प्रदेश संयोजक बिना सिलवाल लगायतका बक्ताहरुले मानव जन्मे देखि नमरुन्जेल सम्म समाजमा सम्मान पूर्वक बाच्न पाउने अधिकार देखि मानव जीवनका आधारभुत आवश्यकताहरु मानव अधिकारभित्र पर्ने बताउँदै राज्यले सैद्धान्तिक रुपमा मात्रै नभई व्यवहारिकमा लागु गर्नुपर्नेमा जोड दिंदै राजनितिक दलहरु र सरकारबाट नै मानव अधिकार हनन हुनु दुःखद भएको धारणा राखेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख मायाँ देवी शर्माले धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेशमा मानव अधिकार उलंघनका घटनाहरुको बारेमा जानकारी दिंदै राष्ट्रिय मानव अधिकार आयोग सरकार, सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा कोपिला नेपालबाट महिला लैङ्गिक हिंस सम्बन्धि नाटक प्रस्तुत गरेका थिए भने विभिन्न सामाजिक संघ संस्थाहरुले पोखरा सिर्जना चोकबाट शहिद चोक सम्म व्यानर सहित प्रभातफेरी कार्यक्रम समेत गरेका थिए । यस वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवसको नारा सबैका लागि मर्यदा, स्वतन्त्रता न्याय रहेको छ भने नेपालको नारा न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्