होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथको अध्यक्षमा कडेल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२९ मंसिर । होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथको विहिवार सम्पन्न १५ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले आगामी कार्यकालका लागि विरभद्र कडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष पदमा पदम प्रसाद लामिछाने र कडेल विच भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष कडेल निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा कमल लामिछाने, महासचिवमा सुरेस लामिछाने,सचिवमा विष्णुहरि सुवेदी र कोषाध्यक्षमा शत्तिश्री कोईराला रहेका छन् ।
यसैगरि समितिको सदस्यहरुमा अर्जुन भण्डारी, मुत्ति सुवेदी, जमुना लामिछाने, रुपसरा लालचन, प्रकाश सापकोटा र संकर कडेल रहेका छन् भने आमन्त्रीत सदस्यहरुमा हरिवावु थापा मगर र सञ्जिव जलारी रहेको निर्वाचन संयोजक दुर्गा अधिकारीले जानकारी दिएका छन् ।
यस पुर्व कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँ रहेका ताल तलैयाको उचित रुपमा संरक्षण गर्दै प्राकृतीक स्रोत र साधनको स्वरुप नविग्रने गरी पर्यटनलाई लोभ्याउन सक्ने खालका योजना लिएर हिड्नु पर्ने धारणा राखेका थिए ।
पोखरामा रहेका सवै तालहरुलाई जोड्ने गरि कनेक्टीक रोड निर्माण गर्ने र ताल तलैयालाई पर्यटन आर्कषणको केन्द्र विन्दु वनाउनका लागि तालको उचित रुपले मापदण्ड कायम गरि पर्यटन प्रवद्र्धनमा जोड दिनेखालका योजनाबाट महानगरपालि अगाडी वढ्न तयार रहेको प्रमुख आचार्यको भनाई रहेको थियो ।
होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेल, सस्थापक अध्यक्ष किरणराज खनाल,पर्व अध्यक्ष दामोदरभक्त थापा,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,नागरिक परोपकार समोन्वय सस्थाका अध्यक्ष चिरञ्जीवि तिवारी र पचभौया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिननाथ ढकाल लगाएतले तालको संरक्षण बिना पर्यटन प्रवद्धन हुन नसक्नेमा जोड दिएका थिए ।
एशोसियसनका महासचिव विनोदमणि लामिछानेले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष निल कुमारी थापा मगरले आर्थीक प्रतिवेदन पेश गरेकी थिईन । सस्थामा हाल एक सय ३४ ब्यवसायी सदस्य रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्