पोखरा महानगरपालिकामा युवा बेरोजगार उद्यमशिलता विकास तालिम हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २९ मंसिर । पोखरा महानगरपालिका सहकारी शाखा मार्फत युवा बेरोजगारका लागि उद्यमशिलता विकास तालिम हुने भएको छ । तालिम पछि आफै व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्धेश्यले उक्त तालिमको लागि पोखरा महानगरका ३३ वटा वडाबाट दरखास्त आव्हान गरिएको महानगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

बेरोजगार सूचीमा नाम भएका साक्षर इच्छुक व्यक्तिले वडा कार्यालय मार्फत आवश्यक कागजातहरु प्रमाणित गरी आगामी पौष १० गते भित्र पोखरा महानगपालिकाको सहकारी तथा उद्योग शाखामा पेश गर्नुपर्ने सूचनामा जनाइएको छ । बैदेशिक रोजगारबाट फर्किएका दलित, बिपन्न, एकल महिलहरुलाई विशेष प्राथमिकता दिइने पनि प्रकाशित सूचनामा जानकारी गराइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्