सुर्यमुखि तमु समाजको बास्केटवल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१० पुस । तमु जातीको माहान पर्व ल्होसारको अवसर पारेर सुर्यमुखि तमु समाजले अन्तर समुह पुरुष र महिला बास्केटवल प्रतियोगिता सुरु गरेको छ ।
विभिन्न ठाउबाट पोखरा महानगरपालिका वडा नं २९, ३० र ३२ मा बसोवास गर्दै आएका तमुहरुको साझा सस्थाको रुपमा रहेको सुर्यमुखि तमु समाजले बाघ बर्गलाई विदाई र विरालो बर्गलाई स्वागत गर्दै मनाउन लागिएको नयाँ बर्षको अवसरमा अन्तर समुहले शेर कप बास्केटवल प्रतियोगिताको आयोजना गरेको हो ।
पुस ९ गते देखि १२ गतेसम्म चल्ने प्रतियोगिताको सनिवार समाजका सल्लाहकार तथा पुरस्कार प्रायोजक शेर बहादुर गुरुङले उद्घाटन गरेका हुन् । प्रतियोगितामा समाज अन्तरगतका पुरुष र महिलाको पाँच पाँच वटा समुह बनाएर खेलाईएको खेल संयोजक क्याप्टेन देव बहादुर गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजयी परुष समुहलाई मेडल र नगद १५ हजार र महिलाहरुको लागि पाँच हजार पुरस्कर प्रदान गरिने छ । प्रतियोगितामा विजयी हुने समुहलाई तमु ल्होसारको मुख्य कार्यक्रम पुस १४ गते पुरस्कृत गरिने समाजका उपाध्यक्ष सुवेदार कमल सिंह गुरुङले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी