कस्तुरी सहकारीको चौथो साधारण सभा

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा २७ को तालचोकमा रहेको कस्तुरी बहुउदेस्य सहकारी संस्थाले विविध कार्यक्रमका साथ आफनो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सहकारीले सेयर सदस्यबाट पैसा जम्मा गरी त्यसको ब्याजबाट मात्र मुनाफा वितरण नगरी स्वदेशमा केही गरौ भन्ने भावना राखेका युवाहरुलाई आय आर्जनमा जोड्ने योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सस्थाका जेष्ठ सदस्य उजेलीमाया गुरुङ, सस्थाका ब्यवस्थापक अमृत अधिकारी र उत्कृष्ट बचत कर्ता तथा असल ऋणीलाई सन्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष शिव सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभागका विज्ञ सदस्य दुर्गा प्रसाद सुवेदीले सहकारीको सिद्धान्त एकातिर र कार्ययोजना आर्को तर्फ भएकाले केही केही सहकारीहरुमा विचलन आएको धारणा राखेका थिए ।
सोही अवसरमा सस्थाका सचिव अपिल सिग्देलले बार्षिक प्रतिवदेन र कोषाध्यक्ष सिजन गुरुङले आर्थीक प्रतिवेदन र लेखा समितिका सदस्य ओम प्रसाद गिरीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सस्थाका कार्यसमिति सदस्य ईश्वरी प्रसाद सापकोटाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष गंगा देवि कडेलले स्वागत मन्तव्य राखेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्