लेखनाथ महोत्सवमा ११ करोडको कारोबार

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म ११ करोडको कारोबार भएको छ । महोत्सवमा हालसम्म भएको कारोबार र दर्शकहरुको उपस्थीतीका कारण महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।
महोत्सवको हालसम्म २ लाख ६५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल ११ करोड बराबरको कारोबार भएको छ । आईतबार मात्रै २५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन भने १ करोड ४० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
बिदाको दिन समेत परेकाले आईतबार दर्शकहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको थियो । महोत्सव अवधीभर २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि समापनको अघिल्लो दिन नै लक्ष्यभन्दा पनि वढि प्रगती हासिल भएको आयोजकले दावी गरेको छ ।
महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार र १७ गते २५ हजार गरी कुल २ लाख ६५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।
त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम ११ करोड पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड ३० लाख र १६ गते १ करोड ५० लाख र १७ गते १ करोड ४० लाख गरी कुल कारोबार रकम ११ करोड पुगेको संयोजक ओझाले जानकारी दिए ।
महोत्सवमा सोचेभन्दा बढी दर्शकको साथ मिलेको प्रचारप्रसार संयोजक ओझाले बताए । महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
आईतबार भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु बद्रि पँगेनी, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, गायिकाहरु शान्ति श्री परियार, सुनिता नेपाली, मञ्जु विक र माया केसीको प्रस्तुति रहेको थियो । त्यस्तै, साँझको लाइभ एलिना चौहान, देबेन्द्र बब्लु एण्ड लाईभ व्याण्ड र र्यापर टुकिले स्टेज तताएका थिए ।
त्यस्तै, सोमबार हुने लोकदोहोरी कार्यक्रमतर्फ खुमन अधिकारी, सरला पाण्डे, जीवन दहाल, पार्वती जिसी, कुमार पुन, सिता परियार, शिवहरी ढुंगाना, नविना सुवेदी, कृष्ण अखेली, गगन गुरुङको प्रस्तुति रहनेछ ।
महोत्सवको आईतबार कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मान बहादुर गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख तथा पदाधिकारीहरु, नेकपा एमाले जिल्ला कमिटि कस्की अध्यक्ष लगायत प्रतिनिधिहरुको टोली, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा लगायत जनप्रतिनिधिहरु, मादी गाउँपालिका अध्यक्ष नवराज ओझा लगायत जनप्रतिनिधिहरु, पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यष लगायत पदाधिकारीहरुको टोलीले अवलोकन गरेको थियो ।
पुस ७ गतेदेखी सञ्चालन भएको महोत्सवको सोमबार पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका सांसद खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्