ङयोए तमु धिको सामुहिक ल्होसार

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ नगर क्षेत्र भित्र रहेका तमुहरुको साझा सस्थाको रुपमा रहेको ङयोए तमु धि अन्तरगतका २६ वटा समाजले सामुहिक रुपमा ल्होसार पर्व मनाएका छन् ।
पोखरा २९ को भण्डारढीकमा भएको कार्यक्रमको उद्घाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री तथा गण्डकी प्रदेशका सभासद खगराज अधिकारीले नेपाल र नेपालीको पहिचान भनेकै यहाँको मौलीक सस्कृती भएकाले यसको संरक्षणका लागि युवाहरुलाई भाषा र रितिरिवाजका बारेमा जानकारी गराउनु पर्ने सुझाव राखेका थिए । साथै उनले तमुहरुको महान पर्व ल्होसारलाई पुरानो वर्गलाई विधाई गर्दै नयाँ वर्गलाई स्वागत गर्ने नयाँ वर्षका रुपमा पनि मनाईने भएकाले पनि यो पर्वको महत्व अझ वढि भएको जानकारी गराएका थिए ।
कार्यक्रममा संघिय संसाद मन बहादुर गुरुङ र तमु धि पोखराका अध्यक्ष होम बहादुर गुरुङ लगाएतले यो पर्वलाई कुनै जात विशेषका लागि मात्र नभई नेपालको मौलीक सकृतीको रुपमा लिनु पर्नेमा जोड दिदै यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिनु पर्ने धारणा राखेका थिए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह सचिव राजु गुरुङले गरेका थिए ।सोही अवसरमा राखिएको अन्तर समाज सास्कृतीक प्रतियोगितामा शिसुवाको लालुपाते तमु समाज प्रथम,शान्तिरुपा बराहथोक तमु समाज द्धितिय,सक्नेरी बुद्ध आमा समुह तृतिय र सैनिकवस्थी गु्रप नं १ ले सान्त्वोना स्थाल हासिल गरेको निर्णायक संयोजक आइ बहादुर गुरुङले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्