जन्म दिनका अवसरमा न्यानो कपडा बितरण

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा महानगरपालिका वडा नं.२८ ओख्ले निवासी सन्तोष बास्तोलाले आफ्नो जन्म दिनका अवसरमा बच्चाहरुलाई न्यानो कपडा बितरण गरी मनाएका छन् ।
मंगलबार रत्न शोभा माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ३० जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरी आफ्नो जन्म दिन मनाएका छन् ।
सोही विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका बास्तोलाले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक तथा मानविय सेवका कार्यहरु गरेर जन्म दिन मनाउँदा राम्रो हुने लागेर आफूले सके अनुसार आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बच्चाहरुलाई थोरे भए पनि सहयोग गरेको बताए । विद्यालयमा विद्यार्थीको संख्या घद्दै जानुका कारण पहिचान गरी समस्या समाधान गर्दै विद्यार्थीहरु आफ्नै गाउँमा पढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायि भूमिकामा रहेर सामाजिक कार्य गर्दै आएका बास्तोलाले विद्यालयले आयोजना गर्ने शुक्रबासरिय कार्यक्रममा समेत सहयोग गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रमको संयोजन शिक्षक सुरेश बास्तोलाले गरेका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी