नेरेसो पोखरा २६ को २९ औं साधारण सभा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२६ पुस । पोखरा महानगरपालिका वडा न २६ मा रहेको नेपाल रेडक्रस सोसाईटी पोखरा २६ उपसाखाको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेरेसो कास्की साखाका सदस्य राजेश घिमिरेले रडक्रसले समाज परिवर्तनका लागि खेलेको सामाजिक भुमिका बारेमा ग्रामिण तहसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा नेकपा माओवादीका नेता तथा अक्षयकोषदाताँ झलकपाणी तिवारीले हुनेले नुहुनेलाई आर्थीक देखि भौतिक सहयोग गर्नु नै रेडक्रसको मुल मर्म भएको धारणा राखेका थिए ।
उप साखाका सभापति शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष नारायण प्रसाद वराल,नेपाली काग्रेसका नेता शिवजी रानाभाट,नेरेसो पोखरा २७ उप शाखाका सभापति तिलकशालि सापकोटा,स्वर्गीय सावित्रृमोहन अक्ष्यकोषका संरक्षक अंविका मोहन भटराई लगाएतले रेडक्रस अभियानका बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा उप साखाले संचालनमा ल्याएको दण्डपाणी तिवारी अक्षयकोषबाट लक्ष्मी माविका पुनम नेपाली र रामज्योती माविका सन्देस राई र सावित्रृमोहन अक्ष्यकोषबाट अमरज्योती माविका निराज घिसिङ र भावनीकालिका माविकी संगिता अधिकारीलाई पुरस्कृत गरिएको थियो भने समुदायको तर्फबाट स्वर्गीय इन्द्र बहादुर घर्तीकी धर्मपत्नी भीममाया घर्तीलाई सन्मान गरिएको थियो ।
सस्थाका कार्यवाहाक सचिव महेन्द्र ढुगानाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष देविमाया ढुगानाले स्वागत र सदस्य दुर्गा तिमिल्सेनाले रेडक्रस शिध्यान्तका बारेमा जानकारी गराएको थिए ।
यसैविच सोही भेलाले रित्त रहेका सचिवमा कार्यसमिति सदस्य महेन्द्र ढुगाना र सदस्यमा बुद्धराज बस्याललाई चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी