प्यारो मान्छेको गजल गीत बजारमा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२८ पुस । गीत र म्युजिक भिडियोका गीतीहरु बजारमा त प्रसस्त आउने गर्छन तर गजलमा आधारीत भिडियो यदाकता मात्र आउने गरेको पाईएको छ । यसै क्रममा स्याङजा जिल्लामा जन्मिएर कास्कीको लेखनाथमा कर्मथलो बनाएका रुद्र रेग्मीको प्यारो मान्छेको गजल गीत भिडियो बजारमा आएको छ ।
मौलीक गीत र संगीतलाई समेटेर तयार पारिएको गजल गीती भिडियोमा बिभिन्न तरिकाबाट मानिसलाई फसाउने प्रबृतीको चित्रण गरि समाजलाई कसरी रुपान्त्रण गर्ने सकिन्छ भन्ने विषयलाई उजागर गरिएको छ ।
गजलकार रुद्र रेग्मीका दर्जनौ गजलहरु मध्यको प्यारो मान्छेमा गजल गायक थानेश्वर गौतमको स्वर रहेको छ भने भिडियोमा सोफित धरेल र बद्रि प्रसाद तिवारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।उक्त गजल गीती भिडियो थानेश्वर गौतम युटुभ च्यानलबाट बजारमा ल्याईएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी