राष्ट्रपतिमा समझदारी खोज्ने प्रधानमन्त्री दाहालको भनाई

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखको निर्वाचनमा सत्ता पक्ष एक ठाउँमा उभिएझैं उपसभामुखमा पनि एक ठाउँमा उभिने बताए । तर, राष्ट्रपतिको निर्वाचनमा भने समझदारी खोजिने आफ्नो चाहना रहेको उनको भनाई छ ।

संसद् भवनबाट बाहिरिने क्रममा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने,‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ, राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्