हार्डवेयर व्यवसायी र वितरकविच अन्र्तक्रिया

गाउँले मिडिया
  • ख-
  • ख+

 लेखनाथका हार्डवेयर व्यवसायीहरु र विभिन्न निर्माण सामग्री कम्पनीका वितरकहरुविच शुक्रबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुको छाता संगठन लेखनाथ हार्डवेयर एशोसिएसनको आयोजनामा आयोजित कार्यक्रममा व्यवसायीहरुले प्रतिकुल आर्थिक अवस्थाका कारण व्यवसायमा परेको असर एवं वितरकहरुका कारण खेप्नुपरेको हैरानीका विषयमा गुनासो गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष विजय गुरुङले हिजोका दिनमा कारोबारका आधारमा करौंडोको सामान उधारोमा दिएर वेच्न लगाउने वितरकहरुले अहिले आर्थिक अवस्था प्रतिकुल भएको अवस्थामा धरपकडको शैली अपनाएकाले व्यवसायीहरु मर्कामा परेको वताए ।
उनले कतिपय व्यवसायीहरु व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको र कतिपय व्यवसायीहरुलाई प्रशासन लगाएर कानुनी कारवाहीको प्रक्रिया समेत अगाडी वढाईएको पाईएको वताउँदै यसले व्यसायीहरुविचमा त्रास उत्पन्न गराएको वताएका थिए ।
यस्तै पोखरा हार्डवेयर व्यवसायी एशोसियसनका अध्यक्ष पृथ्वीराज तिम्सिनाले संस्थागत पहल र सहकार्यको सिको आफुहरुले पनि गर्ने वताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अधयक्ष छत्रधर आत्रेयले व्यवसायीहरुको छाता एशोसिएसन बलियो हुनुपर्ने र व्यवसायीक मर्यादा पनि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
व्यवसायी लक्ष्मण सुनारले आफुहरुले जुनसुकै हालतमा पनि कम्पनीलाई तिनुपर्ने रकम तिर्ने तर त्यसका निमित वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी भाखाको अवधीको विषयमा वितरकहरुले लचकता अपनाईदिनुपर्ने वताएका थिए । उनले व्यवसायीहरुको पनि ठुलो रकम बजारबाट उठ्नुपर्ने रहेकाले यसमा एशोसिएसनले पनि सहजिकरण गरिदिनुपर्ने वताएका थिए ।
उक्त अवसरमा बरिष्ठ सल्लाहकार भक्त बहादुर केसीले व्यवसायीहरुको विषयमा समस्या समाधानको लागी संस्थागत पहल हुनुपर्नेमा जोड दिएका थिए । उनले समस्याको विषयमा छलफल गर्नका लागी बोलाईएका अधिकांश निर्माण कम्पनीहरुका वितरकहरु अनुपस्थीत भएकोमा खेद व्यक्त गर्दै यदि वेवास्ता गरिएको हो भने यो उचित नभएको वताएका थिए । उनले अहिलेको आर्थिक अवस्था प्रतिकुल भएको वताउँदै भने–“न कम्पनी दोषी हो, न विक्रेता दोषी हुन अहिलेको समय नै खराब हो ।”
कार्यक्रममा वितरकहरुले पनि आ–आफ्नै समस्या व्यक्त गरे । अशोक स्टिल्सका बजार प्रतिनिधि प्रकाश आचार्यलाई उठ्नुपर्ने रकम उठाउनको लागी कम्पनीले दबाब दिने भएका कारण पनि आफुहरुले पटक पटक ताकेता गर्नुका साथै कानुनी बाटो समेत अपनाउनुपरेको वताए । उनले आर्थिक अवस्थाका कारण सबै क्षेत्रहरु प्रभावित भएको अवस्थामा त्यसको प्रभाव निर्माण सामग्री उत्पादन कम्पनीहरुमा पनि परेकाले खाली हात नर्फकाईदिन व्यवसायीहरुलाई अनुरोध गरे ।
यस्तै हामा स्टीलका निर्मल खनालले उत्पादक कम्पनी संधै स्थायी र आफुहरु अस्थायी हुने भएकाले भोली जुनसुकै कम्पनी र क्षेत्रमा पनि जान सकिने भएकाले आफुहरुले व्यवसायीहरुको हित र भलो चाहने वताउँदै व्यवसायीहरुले क्षणीक उत्तेजना र भावनामा बहकिएर कारोवार नर्गन र हरेक कारोबार पारदर्शी एवं सम्झौता गरेर गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र ओझाले व्यवसायी, वितरक र कम्पनी सबै सहकार्य गरेर अगाडी वढ्नुपर्ने वताउँदै धैर्य गरिदिन र व्यवसायीहरुलाई काम गर्ने वातावरण बनाईदिन आग्रह गरे । यस्तै मिडिया सल्लाहकार नवराज सापकोटाले व्यवसायीहरुलाई अस्वस्थ प्रतिष्पर्धा नगरी वित्तिय अनुशासन कायम गरी सही तरीकाले व्यवसाय गर्नुपर्नेमा जोड दिंदै वितरक र कम्पनीहरुले धरपकडको शेली अपनाउनु गलत भएको वताएका थिए ।
एशोसिएसनका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारी र धन्यवाद ज्ञापन उपाध्यक्ष अर्जुन पँगेनीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्