अनलाइन बाल यौन शोषण सम्बन्धि प्रशिक्षण सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १० माघ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा मा.वि.मा अनलाइन बाल यौन शोषण सम्बन्धि एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न मंगलबार सम्पन्न भएको छ । कालिका सामदायिक सेवा केन्द्र एवं प्रहरी सेवाको आयोजनामा कक्षा ९, ११ र १२ का विद्यार्थीहरुलाई उक्त प्रशिक्षण दिइएको हो ।

जिल्ला प्रहरी नायब निरिक्षक एवं प्रशिक्षक होत बहादुर रोकाहले अनलाईन बाल यौन शोषण, यसका कारणहरु, सामाजिक सञ्जालको दुरुपयोग, विभिन्न सामाजिक अपराध लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए । रोकाहले अहिले विशेष गरी युवाहरु विभिन्न किसिमका अपराधमा संलग्न भएको बताउँदै युवाहरुलाई सहि बाटो हिँडाउनु हामी सबैको कर्तव्य भएको पनि बताए ।

 

यस्तै गरी कािलका सामुदायिक सेवा केन्द्रका अध्यक्ष विकल केसीले सेवा केन्द्रले विकृति विसंगती रोक्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । आगामी दिनमा पनि यस्तै सामाजिक अपराध न्युनिकरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताउँदै यसका लागि सबै सामाजिक संघ संस्थाहरु, आमा समूह, युवा क्लब, युवा क्लब लगायतले सेवा केन्द्रलाई सल्लाह, सुझाव र सहयोग गर्न पनि केसीले आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, शिक्षकहरु उदयराज ओझा, होमनाथ अधिकारी, पार्वती गुरुङ लगायतको उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रममा सेवा केन्द्रका सह सचिव पुष्पराज त्रिपाठीेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सदस्य श्याम प्रसाद तिमिल्सिनाले गरेका थिए भने सेवा केन्द्रका मिडिया सल्लाहकार एवं सोही विद्यालयका शिक्षक ऋषिराम रानाभाटले धन्यवाद ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी