अमरसिद्ध नमुना मा.वि. को ६८ औ वार्षिकोत्सब

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं ३१ को पचभैयामा रहेको अमरसिद्ध नमुना मा.विले विविध कार्यक्रमका साथ आफनो ६८औ वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपलिकाका प्रमुख धनराज आचार्यले सामुदायिक विद्यालयको शिक्षामा राज्यले गरेको लगानी मुताविक उत्पादन नभएको भन्दै आगामी दिनमा समाजमा देखिएका दुई तहको शिक्षालाई परिमार्जन गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।
व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपलिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, वरिष्ठ शिक्षा अधिकृत विश्व राज आचार्य, पोखराका वडाध्यक्ष ढकनाथ कंडेल, हिगसी हिरोसीमा युनेस्को क्लब जापानका प्रतिनिधि मसाओ वादाले लगाएतले सामुदायिक विद्यालय हुुने खानेको नभई हुदाँ खाने समुदायको मात्र भएको तिथो यथार्थलाई सवैले बुझन्नु पर्ने सुझाव राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिनानाथ ढकाल, विष्णुहरी पौडेल, पुर्व प्रधानाध्यापक चिरञ्जीवी अधिकारी , विद्यालयका मा वि तह इन्चार्ज डिल्लीराम पौडेल , देउराली नमुना आमा समुहका प्रतिनिधि विपना थापा, वडा शिक्षा समितिका सदस्य कृष्ण प्रसाद ढुंगाना, अभिभावक पदमराज सुवेदी र विद्यार्थी अन्जना खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चाललन शिक्षक रमेश सुबेदीले गरेका थिए ।
कार्यक्रममा स्काउट शिक्षक सुबिन तिमिल्स्नाको नेतृत्वमा अमरसिद्ध स्काउट ट्रूपले प्रदर्शन गरेको ओमेगा जम्प लगाएतका विभिन्न कलाहरुको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षण बनाएको थियो । विशेष गरी विद्यार्थीका प्रस्तुतिहरुलाई प्राथमिकता दिइएको कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतीहरु रहेका थिए । कार्यक्रममा शैक्षिकसत्र २०७८ मा प्रथम, द्वितीय र तृतीय हुने र अन्य विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे भने विद्यालायकको आर्थिक भौतिक तथा शैक्षिक उनन्नयमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सामाजिक ब्याक्तित्वहरु साथै उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्