जुनियर सिटिजन एकेडेमी ४३ औं वार्षिकोत्सव सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं.२६ मा रहेको जुनियर सिटिजन एकेडेमीको ४३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
४३ वर्षमा प्रवेश गरेको बिद्यालयले विविध कार्यक्रमका साथ विहिवार र सुक्रवार आफनो ४३ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
सुक्रवार सम्पन्न भएको विशेष कार्यक्रमको सुभारम्भ गर्दै गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले विद्यार्थीले प्राप्त गरेको सर्टिफिकेट रोजगारीको खोजी गदै विदेशिने लाईसेन्न बन्न नहुने तर्फ संकेत गर्दै स्वदेशमा नै रहने जनशक्ती निर्माणका लागि ब्यवहारीक शिक्षा आवस्यक रहेको सुझाव राखेका थिए ।
विद्यार्थीको कार्यक्रम विद्यार्थीकै प्रस्तुतीलाई प्रथामिकता दिईएको कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष एम वहादुर रोक्का र प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेल लगाएतले निजी क्षेत्रबाट संचालीत शैक्षीक सस्थाको हकमा राज्यले स्पष्ठ निती नल्याउँदा नेपालको शौक्षिक क्षेत्रमा सोचे अनुरुपमा प्रगती गर्न नसकिएको आरोप लगाएका थिए ।
विद्यालयका प्राचार्य सुन्दर प्रसाद ढकालले भावी योजना र प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा शैक्षीक , अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षक र कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयका निर्देशक मुकुन्द वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा मावि संयोजक अनिता पौडेलले स्वागत र सह प्राचार्य टिकाराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्