दीपशिखा पुस्तकालय र ट्याग परियोजना बिच सम्झौता पत्रमा हस्ताक्षर

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजना बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल परियोजना र पोखरा महानगरपालिका वडा नं २९मा रहेको दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सन्चालन गर्न सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शनिबार पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फ बाट अध्यक्ष कृष्णहरि भण्ढारी र परियोजनाका तर्फ बाट रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ को उपस्थितीमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार परियोजना बाट लक्षित समुदायका बिद्यालय बाट पिछडिएका, प्रविधिको पहुच नपुगेका कक्षा ९ देखि १२ सम्मका अध्ययन गदै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किसोरीहरु लाभान्वित हुने बताइएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की , पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत बद्रिनाथ सुवेदी , कार्यपालिका सदस्य निर्मला पौडेल बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु ,आर्दश युवा क्लबका अध्यक्ष पदम गुरुङ्ग,लगायत पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु , कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सनचालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्