कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

गाउँले मिडिया
  • ख-
  • ख+

यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो।

जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ संस्था एवम् व्यक्तिसँग छलफल चलाइरहेको छ ।त्यस्तै प्रस्तावना वितरण जारी छ भने माटो परीक्षण तथा बाली उपचार शिविर पनि संचालन गर्ने गरी तयारी भइरहेको छ । महोत्सवमा आलुको पहाड निर्माणका अलवा आलु वोकेर दौड, कृषक र बिज्ञ बिच अन्तरक्रिया, कृषि उपज प्रदर्शनी, रैथाने बाली तथा परिकार प्रदर्शनी, कृषि गीत प्रतियोगिता, आलुको परिकार प्रदर्शनी, किसान सम्मान साथै प्रविधी तथा यन्त्र उपकरण प्रदर्शनी लगायत गरिने छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवम् क्लव अध्यक्ष सुविन श्रेष्ठले महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने गरी तयारी थालिएको छ भन्दै त्यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।

मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने नारालाई सार्थक पार्ने गरी तयारीमा जुटेको जानकारी दिए । उक्त अवसरमा प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी, सदस्यहरु प्रकाशचन्द्र सापकोटा, विश्व सुवेदी, विराज शर्मा, कृषि परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिना, पानी बिजुली उपसमिति संयोजक केशव गिरी लगायतले भनाई राख्दै कृषि उपजको ९आलु० नाममा हेमजाको पहिचान जोडिनु आफैमा महत्वपूर्ण भएको औँल्याउँदै त्यसलाई जोगाईराख्नुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्