अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

गाउँले मिडिया
  • ख-
  • ख+

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे ९अनिता० चयन भएका छन् ।

संघको सदस्यहरुमा सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला छन् ।
यस अघि कार्यक्रम उद्घाट सत्रलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका मूख्य मन्त्री खगराज अधिकारीले पत्रकारीतामा गुणस्तरीय हुनुपर्नेमा जोड दिंदै समाचारलाई निष्पक्ष रुपमा पत्रकारले सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकारले उठान गरेका मिडिया हाउस दर्ता, नविकरण जस्ता विविध विषयका समस्याहरुको बारेमा आफू सहमत भएको बताउँदै अनलाइन सम्बन्धि कक्षा नै सञ्चालन गरेर अगाढि बढेको खण्डमा अनलाई पत्रकारिताको महत्व अझ बढ्ने सुझाव राखेका थिए । एक फरक प्रस)गामा मूख्य मन्त्री अधिकारीले सत्ता आफ्नो लागि मूख्य कुरा नभएको बताउँदै प्रेश स्वतन्त्रताको लागि आफु लड्दै आएको बताए ।

यसै विच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताइन । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्ने धारणा उनको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे । उनले आमसंचार विधेयकका विषयमा सरकारले अपेक्षा अनुरुप काम नगरेको बताए । आमसंचार विधेयक वाक स्वतन्त्रत सँग सम्बन्धित हुन उनको भनाई थियो ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । अनलाइनलाई व्यवस्थित गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेकोमा उनको जोड थियो ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएरपनि सबैभन्दा प्रभावकारी भएको उल्लेख गरे । अनलाइनको कन्टेन्टमा प्रश्न चिन्ह उठिरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन उनको आग्रह छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएपनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडियासँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने धारणा राखे । उनले दर्तादेखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्